शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बैंकमा थुप्रिन थाल्यो पैसा, एक सातामै ५८ अर्ब निक्षेप

images
सोमबार, पुस २६ २०७८
images
बैंकमा थुप्रिन थाल्यो पैसा, एक सातामै ५८ अर्ब निक्षेप
images
images

काठमाडौं- बैंकिङ प्रणालीमा अप्रत्यासित रुपमा बैंकमा निक्षेप आएको छ। एक सातामै वाणिज्य बैंकहरूको निक्षेप ५८ अर्ब रुपैयाँले बढेको हो। चालु वर्ष कुल निक्षेप एक खर्ब ६ अर्ब रुपैयाँले बढेको छ। अहिले निक्षेप ४३ खर्ब ७ अर्ब पुगेको छ।

images
images
images

पुसको दोस्रो साताबाट निक्षेपमा सुधार हुन थालेको थियो। दुई सातामा मात्र ७३ अर्बले निक्षेप बढेको छ। ऋण लगानीमा आक्रामक भएका कारण बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएको थियो।

images
images

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार पुषको तेस्रो साता अर्थात पुष १६ गतेदेखि २३ गतेसम्म उल्लेख्य रुपमा निक्षेप बढेको छ भने कर्जा प्रवाह पनि तुलनात्मक रुपमा बढेको छ। 

images
images

पुष १६ गतेदेखि पुष २३ गतेसम्म निक्षेप ५८ अर्बले बढेर ४२ खर्ब ४९ अर्बबाट ४३ खर्ब ७ अर्ब पुगेको छ। त्यस्तै कर्जा लगानी पनि ९ अर्बले बढेर ४० खर्ब ९९ अर्बबाट ४१ खर्ब ०८ अर्ब पुगेको छ। बैंकहरूको सीडी रेसियो अनुपात पनि सुध्रिएर ८९ं.३९ मा झरेको छ।  

पुष ६ गतेसम्म समग्र बैंकिंङ प्रणालीमा निक्षेप ११६ अर्ब जम्मा भएको छ भने ४३८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ।  

नेपाल राष्ट्र बैंकले पुस १९ मा स्थानीय तहको संचिति कोषको रकम निक्षेपको रुपमा गणना गर्न सक्ने ब्यबस्थाबारे सर्कुलर जारी गरेको थियो।  


प्रकाशित : सोमबार, पुस २६ २०७८०९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend