काठमाडौं- आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्।
वैदेशिक रोजगारमा आकर्षक तलबसहित कतार पठाइदिने प्रलोभन देखाएर एकजना पीडितबाट एक लाख रूपैयाँ लिइ सम्पर्किविहीन भएका काठमाडौं बस्ने ओखलढुंगाका २८ वर्षीय सुबास आलेमगर पक्राउ परेका हुन्।
पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई मंगलबार काठमाडौं महानगरपालिका-३ महाराजगञ्जबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।