शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सुक्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

images
बिहीबार , भदौ २० २०८१
images
सुक्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध
फाइल तस्बिर।

सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्।

images
images

चैनपुर- बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ।

images
images
images

आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्।

images
images

बिहानै पाँच वटा बस मात्र सदरमुकामबाट छुटेको बस व्यवसायी जोगबहादुर दौल्यालले जानकारी दिए। उनले बिहान बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बस मात्र पार भएको र बाँकी सबै बस रोकिएको बताए।

images
images

सडक खुलाउन केदारस्यूँ गाउँपालिकाको झोताबाट जेसिबी आएको तर, पहिरो नरोकिँदा खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए। उनले पहिरो रोकिएपछि मात्रै सडक खुलाउन सकिने बताए। रासस


प्रकाशित : बिहीबार , भदौ २० २०८११२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend