शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको काम चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक

images
बिहीबार , भदौ २० २०८१
images
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको काम चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक

सम्झौताअनुसार भारतले बन्दरगाह निर्माण गर्न बजेटमा समेत उल्लेख गरिसकेकाले चाँडै निर्माणको काम अघि बढ्ने उनको विश्वास छ।

images
images

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको निर्माणको काम चाँडै सुरु हुने बताएका छन्।

images
images
images

नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल सरकारले गर्नुपर्ने काम अन्तिम चरणमा रहेको बताए।

images
images

सुक्खा बन्दरगाह निर्माणस्थलका रुख कटानका लागि सरकारले चाँडै अनुमति दिने उनको भनाइ छ। 

images
images

'बन्दरगाह बन्ने ठाउँका रुख काट्न पर्यावरणीय अध्ययन भइसक्यो, हाम्रोतर्फबाट अब रुख काट्ने अनुमतिका लागि एउटा निर्णय गर्नुपर्ने छ, हप्ता दुई हप्ताभित्र त्यो निर्णय गर्ने प्रक्रियामा छौँ', लेखकले भने, 'त्यो गरेपछि भारतले संरचना निर्माण गर्न टेन्डर आह्वान गर्छ, निर्माणको काम अघि बढ्छ।'

बन्दरगाहको सम्पूर्ण भौतिक संरचना भारतले बनाउने दुई देशबीच सम्झौता भएको छ। सम्झौताअनुसार भारतले बन्दरगाह निर्माण गर्न बजेटमा समेत उल्लेख गरिसकेकाले चाँडै निर्माणको काम अघि बढ्ने मन्त्री लेखकको विश्वास छ।

दार्चुलाको तिंकर नाकामा अध्यागमन कार्यालय खोल्ने सरकारले तयारी गरिरहेको उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , भदौ २० २०८१११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend