बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

यातायात कार्यालय झापाद्वारा गत आवमा ९३ करोड राजस्व संकलन

images
बिहीबार , भदौ २० २०८१
images
images
यातायात कार्यालय झापाद्वारा गत आवमा ९३ करोड राजस्व संकलन
images
images

भद्रपुर- यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले आव २०७९/८० को तुलनामा पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ रूपैयाँ बढी राजस्व संकलन गरेको हो।

images
images
images

यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा ८८ करोड ६ लाख ८७ हजार दुई सय ४७ रूपैयाँ राजस्व संकलन भएको थियो। गत आव २०८०/८१ मा २० हजार ६३ कुल सवारी दर्ता हुँदा १९ हजार नौ सय २० सवारी चालक अनुमतिपत्र वितरण भएको उनले बताए। यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार चार सय ४१ र रुट अनुमति पाँच सय ३४ दिएको थियो। 

images
images

गत आव २०८०/८१ मा सबैभन्दा धेरै सात हजार छ सय १५ मोटरसाइकल दर्ता हुँदा एक हजार सात सय पाँच ई-रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ।

images
images
images

कार्यालयका अनुसार बस एक सय ५६, मिनिबस १०, माइक्रोबस १८, जिप एक सय ६०, कार दुई सय ७०, भ्यान एक सय ३६, पिकअप एकस २९, ट्र्याक्टर एक सय ४५, ट्रक ७८, मिनिट्रक १४ टिपर १४ गत आवमा दर्ता भएका छन्।

दर्ता भएका जम्मा सवारीमध्ये एक हजार दुई सय ५७ सार्वजनिक, नौ हजार चार सय ४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र एक हजार नौ सय ७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको यातायात कार्यालय झापाले जनाएको छ।  

निमित्त कार्यालय प्रमुख बोहराले हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , भदौ २० २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend