शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बीमा समितिको निर्णयले १८ निर्जीवन कम्पनीको लाभांश वितरणमा समस्या, दुई वर्षदेखि लाभांश कुरेका सेयरधनी मारमा

images
सोमबार, पुस २६ २०७८
images
बीमा समितिको निर्णयले १८ निर्जीवन कम्पनीको लाभांश वितरणमा समस्या,  दुई वर्षदेखि लाभांश कुरेका सेयरधनी मारमा
images
images

काठमाडौं- बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई नगद लाभांशमा रोक लगाएसँगै यसवर्ष लाभांश वितरणमा ढिला हुने भएको छ। गत वर्षको नाफाबाट धमाधम लाभांश प्रस्ताव गर्ने समय नजिकिएकै बेला बीमा समितिको निर्णयले केही पर धकेलिएको हो।   

images
images
images

समितिले जोखिम बहन क्षमता बढाउन भन्दै सेयर लाभांश मात्रै जारी गर्न निर्देशन दिएको छ। समितिको निर्णयले १८ निर्जीवन कम्पनीका सेयरधनी प्रभावित भएका छन्। ‘अहिले कम्पनीहरू साना छन्, ठूलो बनाएर जोखिम बहन गर्न सक्ने बनाउनका लागि नगद लाभांशमा रोक लगाएका हौँ,’ समितिका अध्यक्ष सूर्य सिलवालले भने। 

images
images

बीमा समितिको निर्णयसँगै सेयरधनीहरूले चालु वर्ष सेयर लाभांश मात्रै पाउने भएका छन्। बीमा कम्पनीहरूलाई चुक्ता पुँजी बढाउने दवाव दिन लागि यो निर्णय गरेको समितिका अध्यक्ष सिलवाल बताउँछन्। निर्जीवन कम्पनीहरूले धमाधम लाभांश वितरण गर्ने प्रक्रिया सुरु गरेका थिए। बीमा समितिको नगद लभांशको निर्णयले केही समय बीमा कम्पनीहरूले लाभांश प्रस्ताव गर्ने छैनन्। 

images
images

अधिकांश कम्पनीहरूले अडिट लगाएर गतवर्षको नाफाबाट लाभांश दिनका लागि सञ्चालक समिति र बीमा समितिको प्रस्ताव पठाएका थिए। समितिको निर्णयले पुनः प्रस्ताव फिर्ता ल्याएर मात्रै अर्को प्रस्ताव पठाउनुपर्ने भएकोले केही साता लाभांश प्रस्ताव लम्बिने भएको हो। 

नेपाल स्टक एक्चेन्जमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनी रहेका छन्। जसमा नेको र नेपाल इन्स्योरेन्सले मात्रै पछिल्लो पाँच आर्थिक वर्षदेखि यता निरन्तर लाभांश वितरण गरिरहेका छन्। 

निर्जीवन बीमा कम्पनीहरूमा अग्रस्थानमा आउने नाम हो नेको इन्स्योरेन्स। विगत वर्षदेखि नै राम्रो नाफा कमाइरहेको नेको इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई पनि राम्रो लाभांश बाँड्दै आएको छ। जसका कारण पनि कारोबार हुने सूचीमा अगाडि नै पर्ने गरेको छ।

गत आर्थिक वर्षको लाभांश घोषणा गर्न बाँकी कम्पनीले कति लाभांश दिन सक्छन् भनेर लगानीकर्ताको चासो बढ्दै गएको छ। वणिज्य बैंकहरू भन्दा अलि ढिलो साधारणसभा गर्ने बीमा कम्पनीहरूले लाभांश पनि ढिलै घोषणा गर्ने गरेका छन्। कतिपय कम्पनीहरूले त दुई वर्ष लाभांश दिन बाँकी नै छ।

निकोले भने गत वर्षको लाभांश पनि दिइसकेको छ। आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कम्पनीले सेयरधनीलाई १५‍‍.५ प्रतिशत सेयर र ०.८२ प्रतिशत नगद गरी १६.३२ प्रतिशत लाभांश दिएको थियो। नेकोले गत वर्ष २ः१ अनुपातमा हकप्रद सेयरसमेत जारी गरेको थियो। 

यस्तै आर्थिक वर्ष २०७५/७६ मा ८.१६ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १०.५२ प्रतिशत र आर्थिक वर्ष २०७२ ७३ मा २१ ०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

यसैगरी नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ मा ८ प्रतिशत बोनस र २ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश वितरण गरेको थियो।

यस्तै आर्थिक वर्ष २०७५/७६ मा ७ ८९ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ७ ५० प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा ४.५२ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

नेपाल स्टक एक्चेन्जमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरू मध्ये प्रिमियर इन्स्योरेन्सले मात्रै गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।

कम्पनीले ७.५ प्रतिशत बोनस र कर प्रयोजन सहित ७.५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश घोषण गरेको हो। याे पनि संसाेधन गर्नुपर्ने छ।

सानिमा जनरल इन्स्योरेन्सले भने सेयरधनीलाई लाभांशबिनै गत आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ। त्यसअनुसार नेप्सेमा सूचीकृत १६ निर्जीवन बीमा कम्पनीहरूले लाभांश प्रस्ताव गरी साधारण सभा बोलाउन बाँकी रहेका छन्।


प्रकाशित : सोमबार, पुस २६ २०७८१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend