शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ‘ट्रान्सफर्मर’ जडान

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २० २०८१
images
वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ‘ट्रान्सफर्मर’ जडान

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अबदेखि कृषि औजार कारखानाका लागि आवश्यकपर्ने विद्युतको अभाव नहुने बताए।

images
images

पर्सा- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ। 

images
images
images

राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युत्को अभावले विभिन्न समस्या झेल्नुपरेको बताउँदै आइरहेको थियो।

images
images

प्राधिकरणले कारखानामा देखिएको विद्युतको समस्या अन्त्य गर्नका लागि राष्ट्रिय अविष्कार केन्द्रसँगको सहकार्यमा बुधबारदेखि नयाँ ट्रान्सफर्मर जडान गरेर सञ्चालनमा ल्याएको हो। 

images
images

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अबदेखि कृषि औजार कारखानाका लागि आवश्यकपर्ने विद्युतको अभाव नहुने बताए।

'विगतमा ६५ केभीए क्षमताको विद्युत् अस्थायी लाइनले काम चलाउँदै आइरहेका थियौँ', उनले भने, 'अब कारखानाका लागि आवश्यकपर्ने विद्युतको अभाव हुने छैन', केन्द्रका अध्यक्ष पुनले ट्रान्सफर्मर जडानका लागि प्राधिकरणको १५ लाख र केन्द्रको १२ लाख खर्च भएको बताए।

केन्द्रले विगत २३ महिनादेखि कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी लिएको हो। केन्द्रले हालसम्म करिब डेढ दर्जन कृषि औजार अनुसन्धान र विकास गरेको जनाएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ २० २०८१०९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend