शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक सर्वसम्मतले पारित

images
बुधबार, भदौ १९ २०८१
images
प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक सर्वसम्मतले पारित

प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)(क) बमोजिम मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीले सदनमा विधेयक पेस गरेका थिए।

images
images

विराटनगर- कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ।

images
images
images

प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)(क) बमोजिम मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीले सदनमा विधेयक पेस गरेका थिए।

images
images

सो प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गरेपछि सर्वसम्मतले पारित गरेको हो।

images
images

विधेयक पारित हुनु अगाडि विधेयक संशोधन प्रस्ताव दर्ता गरेका प्रदेशसभा सदस्यहरु रेवतीरमण भण्डारी, इन्द्रमणि पराजुली, कमलप्रसाद जवेगु र गोम्बू शेर्पाले संशोधन प्रस्ताव फिर्ता लिएका थिए।

उनीहरुको प्रस्तावलाई आन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारीले ऐनलाई समृद्ध बनाउन संशोधनकर्ताहरुको सुझावलाई स्वीकार गरेको बताए। उनले ऐन बनाउने कार्य जटिल र चुनौतीपूर्ण भएको उल्लेख गरे।

विधेयकमा प्राप्त बुँदागत सुझावलाई सरकारले ग्रहण गरेको र सरकारले स्वास्थ्य सेवा ऐन अलग्गै ल्याउने जानकारी दिए। उनले रचनात्मक सुझावलाई परिमार्जन एवं परिस्कृत गर्दै आएको ऐनले निजामती कर्मचारीमा उत्साह बढ्ने विश्वास व्यक्क्त गरे। रासस


प्रकाशित : बुधबार, भदौ १९ २०८११८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend