आइतबार, असोज ६ गते २०८१    
images
images
जहाज उडानमा हिउँको प्रभाव

'एन्टी-आइसिङ' र 'डी-आइसिङ' प्रविधिका साथै तालिमप्राप्त पाइलटले सहज र सुरक्षित बन्छ उडान

images
बिहीबार , भदौ २० २०८१
images
images
'एन्टी-आइसिङ' र 'डी-आइसिङ' प्रविधिका साथै तालिमप्राप्त पाइलटले सहज र सुरक्षित बन्छ उडान

७ डिग्री सेल्सियसभन्दा तलको तामपक्रम भएको अवस्थामा उचाइ र मौसम हेरेर आइसिङ हुन्छ जहाजको सर्फेसमा। यस्तो अवस्थामा डीआइसिङ र एन्टीआइसिङको प्रविधि र विधि उपयोग गर्नुपर्ने हुन्छ।

images
images

काठमाडौं- कुनै पनि जहाजको उडानका पछाडि भव्य इन्जिनियरिङ हुन्छ। यो भव्य इन्जिनियरिङ आफैमा चुस्त दुरुस्त हुनुपर्छ। अझ नेपालजस्तो देश जहाँको भूगोल र मौसममा हुने विविधताले सुरक्षित उडानका लागि झन विविध चुनौती थपिदिन्छ। 

images
images
images

नेपालको वातावरण र अवस्थाले गर्दा प्रत्येक बिन्दुमा उच्च सावधानी अपनाउनुपर्छ। यस्तो सावधानीका लागि इन्जिनियरिङसँगै प्रविधि र उपकरणमा पनि उत्तिकै सचेत हुनुपर्छ। आकाशमा उड्ने जहाजका लागि एउटा अवरोध हो आइसिङ। मौसम र भौगोलिक अवस्थासँग जोडिने यसका लागि 'डीआइसिङ' र 'एन्टीआइसिङ' प्रविधिको आवश्यकता पर्छ। 

नेपालको आन्तरिक उडानमा प्रयोग हुने जहाजले जुन उचाइ तय गर्छन् त्यसमा सदाबहार आइसिङको अवरोध त्यति धेरै सामना त गर्दैनन् तर निश्चित मौसमी अवस्थामा भने यसको सामना गर्छन्। 

७ डिग्री सेल्सियसभन्दा तलको तामपक्रम भएको अवस्थामा उचाइ र मौसम हेरेर आइसिङ हुन्छ जहाजको सर्फेसमा। यस्तो अवस्थामा डीआइसिङ र एन्टीआइसिङको प्रविधि र विधि उपयोग गर्नुपर्ने हुन्छ। 

images

आइसलाई ब्रेक गरेर फाल्नु डीआइसिङ हो भने उपकरणमा हिट सिर्जना गरेर आइस हटाउनु एन्टी आइसिङ हो। डीआइसिङमा इन्जिनबाट आएको तातो हावाले आइसलाई ब्रेकडाउन गरिदिन्छ र आइस हट्छ।  

air pilot.jpg

एन्टी आइसिङ भनेको विद्युतीय हिट हुन्छ। विन्डसिलमा यस्तो उपकरण हुन्छ, जहाँ उत्पन्न हुने हिटले आइस नै बस्न दिँदैन। उडानको क्रममा आइसबाट हुने अवरोध हटाउएर सुरक्षित उडानको सुनिश्चित गर्न यो प्रविधि र सुविधा आवश्यक हुन्छ। 

नेपालमा एटीआर जहाज उडाउने बुद्ध एयरले यस्तो एन्टी तथा डीआइसिङका लागि तालिम प्रशिक्षणदेखि प्रविधि उपकरणसम्म ठूलो लगानी गरेको छ। नेपालको एकमात्र सुविधासम्पन्न वर्कसप पनि बुद्धले स्थापना गरेको छ। 

नेपालमा बुद्ध एयरसँगमात्र एन्टीआइसिङ र डीआइसिङ वर्कसप रहेको छ। चार करोड रुपैयाँभन्दा बढीको लगानीमा यस्तो सुविधासम्पन्न आधुनिक वर्कसप बुद्धले राखेको छ। यसमा नियमित रुपमा एयरक्राफ्टको चेकिङ हुन्छ। 

बुद्ध एयरको सबै उडान १० हजार ५ सयदेखि १६ हजार ५ सय मिटरको उचाइसम्म उडान हुन्छ। यो समयमा प्री मनसुन र विन्टरको समयमा सामान्यदेखि मध्यमसम्म आइसिङ हुनेगर्छ। 

buddha air.jpg

बुद्ध एयरले भने यसमा एन्टीआइसिङ र डीआइसिङ उपकरण जडान गरेको छ। त्यसैले आइसिङ कन्डिसनमा सुरक्षित उडानको सामर्थ्य राख्ने विश्वास रहेको कम्पनीले जनाएको छ। सानोभन्दा सानो अवरोध छिचोलेर सुरक्षित उडानको सुनिश्चिततामा कुनै पनि सम्झौता नहुने एयरललाइन्सको दाबी छ। 

बुद्धले पाइलटलाई पनि टाइप ट्रेनिङको समयमा यस्तो 'वेदर कन्डिसन'सँगै त्यसका उपकरणसम्बन्धी विस्तृत ज्ञान दिइरहेको जनाएको छ।

उडानलाई सफल बनाउनका पछाडि एउटा शक्तिशाली प्राविधिक प्रणाली पनि रहेको हुन्छ। अत्याधुनिक प्रविधि र प्राविधिक इन्जिनियरिङ इकोसिस्टम हुन्छ। जसमा बुद्ध एयरले काम गरिरहेको छ। 


प्रकाशित : बिहीबार , भदौ २० २०८११०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend