आइतबार, असोज ६ गते २०८१    
images
images

ऊर्जामन्त्री खड्का र एडीबीका प्रतिनिधिबीच भेट, आयोजनाको प्रगति र आगामी सहकार्यबारे छलफल

images
बुधबार, भदौ १९ २०८१
images
images
ऊर्जामन्त्री खड्का र एडीबीका प्रतिनिधिबीच भेट, आयोजनाको प्रगति र आगामी सहकार्यबारे छलफल

भेटमा ऊर्जामन्त्री दीपक खड्काले आगामी दिनमासमेत सरकारलाई एडीबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ।

images
images
images

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडीबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो।

भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडीबीले गरेको सहयोगप्रति धन्यवाद दिए। उनले आगामी दिनमासमेत सरकारलाई एडीबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे।

मन्त्री खड्काले एडीबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताए। आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तरमन्त्रालय समन्वय गर्नसमेत सरकारले ध्यान दिने उनले बताए।

images

दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न मन्त्री खड्काले एडीबीलाई आग्रह गरे। उनले नेपाल मध्यम आय भएको देशमा रुपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडीबीको साथ र सहयोग आवश्यक रहेको बताए।

भेटमा एडीबीका प्रतिनिधि  काउकोइसले एडीबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आयोजना निर्माणमा देखिएका समस्याबारे मन्त्री खड्कालाई जानकारी गराएका थिए। उनले एडीबीले नेपालको विकासको क्षेत्रमा लामो समयदेखि साथ र सहयोग दिँदै आएको बताए।

भेटमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, ऊर्जा विज्ञ प्रवल अधिकारीलगायतले ऊर्जा क्षेत्रको विकासका लागि एडीबीले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका थिए। रासस


प्रकाशित : बुधबार, भदौ १९ २०८११६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend