शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

images
बुधबार, भदौ १९ २०८१
images
images
रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

गत आर्थिक वर्षमा रुकुमपश्चिमका चारसय ७७ किसानले दूधमा १५ लाख रूपैयाँ अनुदान पाएका हुन्।

images
images

रुकुम- रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा १५ लाख रूपैयाँ अनुदान पाएका छन्। गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा १५ लाख रूपैयाँ अनुदान पाएका हुन्।

images
images
images

पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर रु पाँचका दरले अनुदान वितरण गरिएको थियो। यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिए।

images

फागुनदेखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको उनले बताए। करिब चार सय किसानले दूधमा अनुदान पाउन बाँकी रहेको उनले उल्लेख गरे।

images
images
images

बजेट अभावका कारण किसानका निवेदन कार्यालयमा थन्किएको भन्दै उक्त अनुदान उपलब्ध गराउने सम्भावना नरहेको निमित्त प्रमुख खड्काले बताए। फागुनसम्ममा जिल्लाका चार स्थानीय तहका चारसय ७७ किसानले १५ लाख रूपैयाँ अनुदान पाएका उनले जानकारी दिए।

खड्काका अनुसार मुसिकोट नगरपालिकाका ५६, त्रिवेणी गाउँपालिकाका तीन सय ३४, सानीभेरी गाउँपालिकाका ७१ र बाँफिकोट गाउँपालिकाका १६ किसानले पाएका छन्।

कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन दुग्ध उच्पादक किसानलाई लक्षित गरी अनुदान दिने कार्यक्रम सञ्चालन गरेको हो। प्रदेशका सबै जिल्लाका दूध उत्पादक किसानले हरेक वर्ष अनुदान पाइरहेका छन्। रासस


प्रकाशित : बुधबार, भदौ १९ २०८११२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend