शुक्रबार, मंसिर २२ गते २०८०    

तानसेनमा डिजिटल कृषि परामर्श सेवा केन्द्र

images
बिजनेस न्युज
images
तानसेनमा डिजिटल कृषि परामर्श सेवा केन्द्र

पाल्पा- तानसेन नगरपालिकाले डिजिटल कृषि परामर्श सेवा केन्द्र ‘इ चौतारी’ सञ्चालनमा ल्याएको छ।

images
images
images

ग्रामीण आर्थिक विकास सङ्घ र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण, बीउबिजनसम्बन्धी चौतारीबाट सेवा पाउने व्यवस्था गरिएको छ।

images

तानसेन-६ वडा कार्यालय रहेको भवनमा इ चौतारीले सेवा दिएको छ। कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गरी गरिब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन सहयोग पुग्नेछ। तानसेनका नगर प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई राहत हुने बताए।

images

कार्यक्रम जीइ किसानका कार्यक्रम अधिकृत विक्रम नेपालीले किसानलाई सूचना प्रविधिका माध्यमबाट कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिकीकरण ल्याउन थालिएको बताए।

images

ग्रामीण आर्थिक विकास सङ्घ र जीइ किसानको सहयोगमा उक्त नगरपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र बगनासकाली गाउँपालिकामा इ चौतारीले सेवा सञ्चालनमा ल्याएको छ। रासस


प्रकाशित : सोमबार, पुस २६ २०७८०८:१६
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ