शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्त भएका भीष्मराज ढुंगाना लगानी बोर्डको सीईओको सर्टलिस्टमा

images
बुधबार, भदौ १९ २०८१
images
धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्त भएका भीष्मराज ढुंगाना लगानी बोर्डको सीईओको सर्टलिस्टमा

आवेदन दिएकामध्येबाट पाँच जनालाई यो सूचीमा राखिएको छ। स्रोतका अनुसार सूचीमा ढुंगानासँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवाली, विष्णुप्रसाद भट्टराई , रघुराज काफ्ले, र रामदेव यादव रहेका छन्।

images
images

काठमाडौं- धितोपत्र बोर्डको अध्यक्ष भएको बेला सेयर निष्कासनको अनुमति दिँदा नीतिगत भ्रष्टाचार गरेको भन्दै सरकारले नै बर्खास्त गरेका भीष्मराज ढुंगानालाई लगानी बोर्डको सीईओका लागि सर्टलिस्टमा राखिएको छ।

images
images
images

अर्थमन्त्रीकै संयोजकत्वमा रहेको सीईओ छनोट सिफारिस समितिले ढुंगानासहित पाँच जनालाई योग्य सूचीमा राखेको हो।

images
images

लगानी बोर्डको प्रमुख कार्यकारी सिफारिससम्बन्धी कार्यविधि २०८१ अनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको समिति गठन गर्ने निर्णय साउन २२ गते भएको थियो। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी र विज्ञ सदस्यका रुपमा पूर्वअर्थसचिव राजन खनाल रहेका छन्।

images
images

आवेदन दिएकामध्येबाट पाँच जनालाई यो सूचीमा राखिएको छ। स्रोतका अनुसार सूचीमा ढुंगानासँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवाली, विष्णुप्रसाद भट्टराई , रघुराज काफ्ले, र रामदेव यादव रहेका छन्।

सर्टलिस्टमा परेकामध्येको रणनीतिक योजनाका आधारमा अंक दिएर अन्तर्वार्ता तथा प्रस्तुति हुनेछ। त्यसबाट तीनजनाको नाम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ। सरकार आफैले धितोपत्र बोर्डको अध्यक्ष हुँदा अनैतिक काम गरेको भन्दै बर्खास्त गरेको मान्छेलाई अहिले लगानी बोर्डको सीईओका लागि सर्टलिस्टमा राखिएको हो। 

ढुंगाना नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदै बोर्डको अध्यक्ष नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै २०७६ साल पुसमा अध्यक्ष नियुक्त गरेका थिए। तर बुक बिल्डिङमा सेयर निष्कासनका लागि सर्वोत्तम सिमेन्टलाई अनुमति दिनेक्रममा आफैले सेयर लिएको पाइएको थियो। छोरीका नाममा सेयर लिएर नीतिगत भ्रष्टाचार गरेको पाइएको थियो।

न्यायिक समितिले नै ढुंगानाले अवैध र अनैतिक काम गरेको निष्कर्ष निकालेको थियो। उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा ढुंगानामाथि लागेको आरोपको विषयमा छानबिन बनेको समितिले ढुंगानाले गैरकानूनी रुपमा सेयर खरिद गरेको उल्लेख गरेको थियो।

समितिको प्रतिवेदनपछि तत्कालीन देउवा सरकारले ढुंगानालाई २०७८ असोज १८ गते बर्खास्त गरेको थियो।


प्रकाशित : बुधबार, भदौ १९ २०८१११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend