शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै २२ लाख ५० हजार ठगी गर्ने पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १९ २०८१
images
images
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै २२ लाख ५० हजार ठगी गर्ने पक्राउ

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि मंगलबार नै वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

images
images

काठमाडौं- विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै २२ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउगरी सार्वजनिक गरेको छ।

images
images

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका-६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा गाउँपालिका-२ घर भइ हाल काठमाडौं टोखा नगरपालिका-१० बस्ने ४३ वर्षीय मानबहादुर चौधरी रहेका प्रहरीले जनाएको छ। 

images
images

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यकानुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी न्यूजील्याण्ड र उज्वेकिस्तानलगायत देशमा लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यार विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो।

images
images
images

लामाले विदेश पठाउने भन्दै सात जनाबाट १० लाख तथा चौधरीले ६ जनाबाट १२ लाख ५० हजार लिएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले जानकारी दिए।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि मंगलबार नै वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 


प्रकाशित : बुधबार, भदौ १९ २०८११०:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend