शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

महालक्ष्मीको साधारणसभा रोकियो, १५ दिन भित्र लिखित जवाफ दिन अन्तरिम आदेश

images
सोमबार, पुस २६ २०७८
images
महालक्ष्मीको साधारणसभा रोकियो, १५ दिन भित्र लिखित जवाफ दिन अन्तरिम आदेश

साधारणसभाले संस्थापकबाट ३ जना र सर्वसाधारण सेयरधनीबाट ३ जना सञ्चालक समेत चयन गर्ने तय भएको थियो।

images
images

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडको निर्वाचन प्रक्रियाको विषयमा परेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ। साधारणसभाले संस्थापकबाट ३ जना र सर्वसाधारण सेयरधनीबाट ३ जना सञ्चालक समेत चयन गर्ने तय भएको थियो। सोही विषयमा परेको रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले तत्कालका लागि निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको हो।

images
images
images

सेयरधनी गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले बैंकलाई लिखित जवाफ पेश गर्न १५ दिनको समय दिएको छ।

images
images

यता बैंकको २०औं साधारणसभाको मिति सारिएको छ। साभारणसभा अब माघ ३ गते हुने भएको छ। कम्पनीले पुस २५ गते आइतबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा २०औं वार्षिक साधारणसभा बोलाएको थियो। आवश्यक न्यूनतम संख्यामा उपस्थित नभएपछि बैठक स्थगित भएको हो।  

images
images

अन्य एजेन्डाहरु मध्ये, साधारण सभाले आर्थिक वर्षको लागि लाभांश अनुमोदन गर्नेछ। मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

३.३४ अर्ब ६६.८४ करोडको २० प्रतिशत सेयर लाभांश र  ५१.८३ लाख बराबरको १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयाेजन) प्रस्ताव गरिएको थियो।

 

 


प्रकाशित : सोमबार, पुस २६ २०७८०७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend