बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १९ २०८१
images
images
जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस

बसपार्कमा ७० बस, एक सय वटा कार पार्किङको क्षमता छ। त्यसबाहेक २० वटा व्यापारिक सटर समेत राखिएको छ।

images
images

बागलुङ- सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि हिजो मंगलबार दाबगरामा बस पुगेको छ। उनीसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए। 

images
images
images

लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे। बागलुङ नगरपालिका-४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै बसपार्क निर्माण भएको थियो। तर बसपार्क सञ्चालनमा आउन भने लामो समय कुर्नुपरेको उनले बताए ।

images
images

'धान फल्ने खेत दान गरेको लामो समयपछि भए पनि बसपार्क सञ्चालनमा आउँदा खुसी लागेको छ, ढिलै भए पनि विकास भएको अनुभव गर्न पाइयो', भण्डारीले भने, 'बसपार्क बनाउन १४ रोपनी दान दिने बुबा आमा अहिले नभए पनि उहाँको सम्झना भने रहिरहनेछ।' 

images
images
images

पहुँचमार्ग बिस्तारपछि बागलुङ बसपार्क सञ्चालन आएको हो। बसपार्कको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे। बसपार्कमा धौलागिरी गण्डकी यातायातलगायतका सेवा प्रदायक कम्पनीले बसपार्कबाट सेवा सञ्चालन सुरु गरिसकेका छन्। 

जग्गादाता गोविन्द उपाध्यायले भने, 'नगरपालिकासँग सम्झौता गरेर जग्गा दिएका थियौ, त्यो बेला उपयोग नहुने जग्गा फिर्ता हुने सर्तसहित नगरपालिकालाई जग्गा दिएको हो, अहिले बसपार्क बनेपछि खुसी लागेको छ।' उनले बसपार्क निर्माणमा उपयोग नभएको जग्गा फिर्ता पाउनेमा आशा बढेको बताए। 

बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले ९ करोड रुपैयाँ खर्चेर आधुनिक बसपार्क निर्माण गरेको जानकारी दिए। 'बसपार्क कुल १७ रोपनीमा निर्माण भएको छ, बाँकी ४२ रोपनी जग्गा जग्गादातालाई फिर्ताको तयारी भइरहेको छ', उनले भने। उनले जग्गादातालाई बसपार्क उद्घाटनमा सम्मान गरिएको बताए।

विसं २०५८ सालमा स्थानीयले कुल ५९ रोपनी जग्गा नगरपालिकालाई दिएका थिए। उपयोग नभएको जग्गामा हाल पलटिङ भइरहेको छ। दायाँ-बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउन नक्सांकन अन्तिम चरणमा पुगेको जनाइएको छ। 

बसपार्कमा ७० बस, एक सय वटा कार पार्किङको क्षमता छ। त्यसबाहेक २० वटा व्यापारिक सटर समेत राखिएको छ। रासस


प्रकाशित : बुधबार, भदौ १९ २०८११०:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend