सोमबार, असोज ७ गते २०८१    
images
images

कतारमा रहेका नेपाली श्रमिकको समस्या समाधान गर्न प्रस्तावित राजदूतलाई सांसदको सुझाव

images
मंगलबार, भदौ १८ २०८१
images
images
कतारमा रहेका नेपाली श्रमिकको समस्या समाधान गर्न प्रस्तावित राजदूतलाई सांसदको सुझाव
फाइल तस्बिर

'कतारमा रहेका श्रमिकहरु समस्यामा छन्, घरेलु कामदारमा गएका महिलाको समस्या उस्तै छ,' प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलले भने, 'यी समस्या न्यूनीकरण गर्दै बीमाको व्यवस्था गर्न लागिपर्ने छु।'

images
images

काठमाडौं- सांसदहरुले कतार र इरानका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेललाई कतारमा रहेका श्रमिकको समस्या समाधानलाई पहिलो प्राथमिकता दिन सुझाव दिएका छन्।

images
images
images

आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको संयुक्त बैठकमा पौडेललाई बोलाएर सांसदहरुले श्रमिकहरुको समस्या बढिरहेको भन्दै समाधानमा जोड दिन सुझाव दिएका हुन्।

पौडेलले कतारमा रहेका नेपालीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। 'कतारमा रहेका श्रमिकहरु समस्यामा छन्, घरेलु कामदारमा गएका महिलाको समस्या उस्तै छ,' उनले भने, 'यी समस्या न्यूनीकरण गर्दै बीमाको व्यवस्था गर्न लागिपर्ने छु।'

तोकिएको जिम्मेवारी पूरा गर्दै मुलुकको अर्थतन्त्र सुधारका लागि पहल गर्ने उनले जानकारी दिए। 'नेपालमा कतारको लगानी भित्र्याउन पहल गर्ने छु,' उनले भने। समितिको सभापति इश्वरीदेवी न्यौपानेले नेपालसँग कतार र इरानबीचको सम्बन्ध विस्तारमा देशका प्रतिनिधिको हैसियतले राजदूतको भूमिका महत्वपूर्ण हुने बताए।

images

सांसद महेशकुमार बर्तौलाले कतारमा रहेका श्रमिकहरुले श्रम सम्झौता भएबमोजिम सुविधा पाए नपाएको अध्ययन गरेर समस्या समाधान गर्न पौडेललाई सुझाव दिए। 'चार लाख नेपाली कतारमा श्रमका लागि गएका छन्, कतिले समस्या भोगिरहेका छन्। उनीहरुको समस्या समाधान पहिलो प्रथामिकतामा राख्नुस्,' उनले भने।

अर्का सांसद लीलानाथ श्रेष्ठले कतारमा मृत्युवरण गर्ने नेपाली श्रमिकको शवसमेत नेपाल ल्याउन गाह्रो भएकाले उक्त समस्या समाधान गर्नुपर्ने सुझाव दिए। सांसद जगप्रसाद शर्माले तेल र ग्याँसबाट कतार, इरान धनी भइरहेकाले त्यहाँको सिकाइ र प्रविधि मुलुकमा भित्र्याउन सके अर्थतन्त्रमा सुधार ल्याउन सहयोग पुग्ने बताए।

सांसद ज्ञानेन्द्रबहादुर कार्की, इश्वरी घर्ती, श्यामप्रसाद घिमिरेले कतारमा देखिएको श्रम समस्या समाधान, लगानी भित्र्याउन पहल, स्वदेशी वस्तु निर्यात प्रवर्द्धनका लागि पहल गर्नुपर्ने सुझाव दिएका छन्। रासस


प्रकाशित : मंगलबार, भदौ १८ २०८११७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend