सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

निर्धारित समयमै काठमाडौं-तराई-मधेस द्रुतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

images
मंगलबार, भदौ १८ २०८१
images
निर्धारित समयमै काठमाडौं-तराई-मधेस द्रुतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको हालसम्म समष्टिगत भौतिक प्रगति ३५ दशमलव ३८ र वित्तीय प्रगति ३६ दशमलव ६६ प्रतिशत छ।

images
images

काठमाडौं- रक्षामन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) तोकिएकै समयमा सम्पन्न हुनेगरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिएका छन्।

images
images
images

रक्षा मन्त्रालयमा आज आयोजित आथिर्क वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले मुलुकको प्रतिष्ठासँग जोडिएको द्रुतमार्ग जनुसुकै हालतमा पनि निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए। 'द्रुतमार्ग राष्ट्रियतासँग जोडिएको छ, यससँगै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई पनि तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्छ', मन्त्री राईले भने।

images
images

सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको हालसम्म समष्टिगत भौतिक प्रगति ३५ दशमलव ३८ र वित्तीय प्रगति ३६ दशमलव ६६ प्रतिशत छ। सो आयोजनामा हालसम्म ६४ अर्ब ६२ करोड रूपैयाँ खर्च भइसकेको छ।

images
images

दुई खर्ब ११ अर्ब  ९३ करोड रूपैयाँ लागत रहेको सो आयोजना २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

द्रुतमार्गको निर्माणपछि राजधानी र मधेसलाई सहज सडक सम्पर्कले जोड्ने उल्लेख गर्दै मन्त्री राईले सो आयोजना सम्पन्न भएपछि मुलुकको अर्थतन्त्रमा पनि ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे।

देशको रक्षा र जनताको सेवा सेनाको प्रमुख जिम्मेवारी रहेको जनाउँदै उनले शान्ति स्थापना कार्यमा सेनाको सहभागिता र प्रदर्शन गर्व गर्न लायक रहेको बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवप्रसाद अधिकारीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सबै निकायले सहयोग गर्नुपर्ने बताए। उनले त्यस्ता आयोजनालाई पर्याप्त बजेट विनियोजन गर्ने विषयलाई आयोगले उच्च प्राथमिकतामा राख्ने स्पष्ट पारे। अन्तरमन्त्रालय समन्वय प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले प्रविधिको उच्चतम प्रयोग गर्न सुझाव दिए।

रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालले बजेट विनियोजनको परम्परागत ढर्रालाई परिवर्तन गर्नुपर्नेमा जोड दिँदै खर्च गर्ने क्षमता हेरेर बजेटको उपयुक्त विनियोजन गर्न योजना आयोगसमक्ष आग्रह गरे।

कामु प्रधान सेनापति अशोकराज सिग्देलले न्यून बजेट विनियोजनका कारण राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारित समयमै सम्पन्न हुनेमा आशंका पैदा भएको उल्लेख गर्दै त्यस्ता आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरे।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव मनमाया भट्टराई (पंगेनी), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव इन्द्रकुमारी थपलिया, वन तथा वातावरण मन्त्रालयका वन अधिकृत खिलानाथ दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मी केसी र अर्थ मन्त्रालयका शाखा अधिकृत रामकुमार श्रेष्ठले गत आवमा रक्षा मन्त्रालयले हासिल गरेका भौतिक तथा वित्तीय प्रगति प्रशंसनीय रहेको बताए।

गत आवमा रक्षा मन्त्रालय र अन्तर्गतको निकायमा ५३ अर्ब ७९ करोड ८६ लाख ७३ हजार रूपैयाँ चालु र पाँच अर्ब ५६ करोड ७५ लाख पुँजीगत गरी कुल ५९ अर्ब ४६ करोड ९८ लाख ७३ हजार रूपैयाँ बजेट विनियोजित भएको थियो।

त्यसमध्ये गत असार मसान्तसम्म ५३ अर्ब ७१ करोड सात लाख रूपैयाँ चालु र पाँच अर्ब ५२ करोड ५२ लाख रूपैयाँ पुँजीगत खर्च भएको मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ १८ २०८११५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend