सोमबार, मंसिर १० गते २०८१    
images
images

सुनवलमा नदीजन्य पदार्थ ‘चोरी निकासी नियन्त्रण अभियान’ सञ्चालन

images
मंगलबार, भदौ १८ २०८१
images
images
सुनवलमा नदीजन्य पदार्थ ‘चोरी निकासी नियन्त्रण अभियान’ सञ्चालन

वर्षाको समयमा असारदेखि भदौसम्म नदीजन्य पदार्थको ठेक्का लगाउन नमिल्ने प्रावधान रहेकाले पनि अहिले त्यस क्षेत्रमा चोरी निकासी बढेको हो।

images
images

नवलपरासी- पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नदीजन्य सामग्रीको चोरी निकासी रोक्न ‘चोरी निकासी नियन्त्रण अभियान’ सञ्चालन गरेको छ।

images
images
images

नगरपालिकाअन्तर्गत विभिन्न नदीबाट चोरी गरी विभिन्न ठाउँमा थुपारेर राखिएका नदीजन्य पदार्थ जफत गर्दै आएको नगर प्रमुख विमला अर्यालले जानकारी दिइन्।

images

पछिल्लो पटक तुरिया खोला,  चारघरे,  सोमई  टोललगायतका क्षेत्रबाट नदीजन्य पदार्थ जफत गरिएको हो।

images

जफत गरिएका नदीजन्य पदार्थलाई कानूनअनुसार लिलाम गरिनेछ। अभियानअन्तर्गत चोरी निकासीमा संलग्न सवारी साधन नियन्त्रण र थुपारेर राखिएका पदार्थ जफत अगाडि बढाइएको नगर प्रमुख अर्यालले बताइन्।

विभिन्न खोलाबाट पछिल्लो पटक नदीजन्य पदार्थको चोरी निकासी बढेपछि नगरपालिकाले थुपारेर राखिएको स्थानको खोजी गरेर जफत गरिएको नगर प्रमुख अर्यालले जानकारी दिइन्।

वर्षाको समयमा असारदेखि भदौसम्म नदीजन्य पदार्थको ठेक्का लगाउन नमिल्ने प्रावधान रहेकाले पनि अहिले त्यस क्षेत्रमा चोरी निकासी बढेको हो। चोरी गरिएका नदीजन्य पदार्थलाई खोला छेउ, झाडी, कुला, खुला चौरलगायत स्थानमा ढुङ्गा  थुपारेर राखेको अवस्थामा जफत गरिएको नगर प्रमुख अर्यालले जानकारी दिइन्।

नगर क्षेत्रको पानभार खोला, भूमही खोला क्षेत्रमा पनि अवैध रूपमा नदीजन्य पदार्थ थुपारेर राखिएको बताइएको छ। ती स्थानहरूमा पनि क्रमशः अनुगमन गरेर जफत गरिने नगर प्रमुख अर्यालले जानकारी दिइन्। रासस


प्रकाशित : मंगलबार, भदौ १८ २०८११३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend