सोमबार, असोज ७ गते २०८१    
images
images

निर्माण थालिएको सात वर्षमा पनि बनेन १३ करोड लागतको अस्पताल भवन

images
मंगलबार, भदौ १८ २०८१
images
images
निर्माण थालिएको सात वर्षमा पनि बनेन १३ करोड लागतको अस्पताल भवन

आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीका अनुसार सम्झौता बमोजिम विसं २०७७ बैशाखमा भवन निर्माण सम्पन्न हुनुपर्ने हो। तर, निर्माण सुरु भएको सात वर्ष बित्न लाग्दा पनि निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म भवन निर्माण सम्पन्न हुन सकेको छैन।

images
images

कैलाली- यहाँको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण सम्पन्न नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ। सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालको रुपमा रहेको सो अस्पतालको निर्माणाधीन भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको हो।

images
images
images

अस्पतालको भवन अधुरै हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले बताए। उनले भने, 'निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माण ढिलाइ भएको छ। धनगढी बजारको मुख्य सडक विस्तारका क्रममा ओपीडी भवन भत्काउनु परेपछि भवन अभाव भएको हो। जसले गर्दा सेवा प्रवाहमा समस्या भएको छ।'

सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन एकाइले विसं २०७४ कात्तिकमा १३ करोड ६६ लाख ४९ हजार रूपैयाँ लागतमा अस्पतालको दुईतले भवन निर्माण गर्न रविना थेगिम जेभिसँग सम्झौता गरेको थियो।

आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीका अनुसार सम्झौता बमोजिम विसं २०७७ बैशाखमा भवन निर्माण सम्पन्न हुनुपर्ने हो। तर, निर्माण सुरु भएको सात वर्ष बित्न लाग्दा पनि निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म भवन निर्माण सम्पन्न हुन सकेको छैन।

images

कलौनीका अनुसार हालसम्म भवन निर्माणको काम ८८ प्रतिशत मात्र पूरा भएको छ। 'पटक-पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न भएको छैन। हाल छैँटौँ पटक म्याद थप गरिएको छ। विसं २०८१ चैतसम्म काम सक्ने गरी म्याद थप भएको हो', सूचना अधिकारी कलौनीले भने, 'हामी निर्माण कम्पनीलाई कारबाहीको प्रक्रियामा गइसकेका थियौँ। खरिद नियमावलीको १३औँ संशोधनले उहाँहरुलाई अन्तिम पटक मौका दियो, त्यसैले अहिले म्याद थप भएको छ।'

भवनमा फिनिसिङ, अन्तिम रंगरोगन, इलेक्ट्रिकल बक्स लगाउने काम, मार्बल बिछ्याउनेलगायतका काम बाँकी रहेको सूचना अधिकारी कलौनीले जानकारी दिए। एक वर्षदेखि अस्पतालले निर्माणाधीन अधुरो भवनका केही कोठाबाट बहिरंग सेवा सुरु गरेको छ। अधुरो भवनमा एमआरआई, सीटीस्क्यान, इन्डोस्कोपी सेवा दिइरहेकोमा केही समय अगाडि एमआरआईमा समस्या आएकाले उक्त सेवा हाल बन्द छ।

भवनको अभावले अधुरो भवनबाट ओपीडीलगायतका सेवा सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले जानकारी दिए। उनले भने, 'नयाँ भवन निर्माण सुरु भएको सात वर्ष बित्न लाग्दा पनि सम्पन्न भएको छैन। भवन अभाव छ। बिरामीको चाप बढ्दो छ। दैनिक एक हजारदेखि एक हजार दुईसम्म बिरामी आउँछन्। तीन सयभन्दा बढीलाई भर्ना गरेर उपचार गर्नुपरेको छ।'

उनले भवन अभावकै कारण आईसीयु (सघन उपचार कक्ष) आकस्मिक लगायतका सेवा प्रवाहमा समस्या भएको बताए। रासस


प्रकाशित : मंगलबार, भदौ १८ २०८११३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend