सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैँअघि नै सञ्चालनमा ल्याइने

images
मंगलबार, भदौ १८ २०८१
images
नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैँअघि नै सञ्चालनमा ल्याइने

सो सडक खण्डमा रहेका १९ पुलमध्ये चार निर्माणाधीन रहेका छन्। दुई तुइन र खहरे खोलाको पुलको पहुँच सडक तथा कालोपत्रको काम बाँकी छ।

images
images

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

images
images
images

निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो। नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी रहेको छ। उनले भने, 'दशैँसम्ममा यी दुई पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ।”

images
images

सो सडक खण्डमा रहेका १९ पुलमध्ये चार निर्माणाधीन रहेका छन्। बाँकी दुई तुइन र खहरे खोलाको पुलको पहुँच सडक तथा कालोपत्रको काम बाँकी रहेको छ। आचार्यका अनुसार यी दुई पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

images
images

यस सडक खण्डमा रहेका १९ पुलमध्ये विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। यसअघि चार नयाँ पुल निर्माण गरिएको थियो। चार पुल सन् २०२० मा निर्माण गरिएको थियो। पन्ध्र पुलको लागत एक अर्ब २८ करोड रूपैयाँ रहेको छ। अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो।

विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन्। सडक चौडा भएपछि पुलको काम थालिएको हो। यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ। पुलको बीचमा सात दशमलव पाँच मिटर गाडी गुड्ने भाग रहेको छ भने दुवै पट्टी ठाउँअनुसार एक दशमलव पाँच मिटरसम्म फराकिलो पैदल मार्ग बनाइएको छ।

तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो।

यो सडक राजधानी छिर्ने र बाहिरिने मुख्य सडक हो। विगतका वर्षमा पहिरोका कारण वर्षायाममा धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिलो भएसँगै केही सहज हुँदै आएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ १८ २०८११२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend