सोमबार, असोज ७ गते २०८१    
images
images

नबिल बैंकको विशेष साधारणसभा सम्पन्न, ८ प्रतिशत अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

images
मंगलबार, भदौ १८ २०८१
images
images
नबिल बैंकको विशेष साधारणसभा सम्पन्न, ८ प्रतिशत अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

बैंकले हाल २ सय ६८ वटा शाखाहरू, ३ सय १६ वटा एटीएममार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको छ।

images
images

काठमाडौं- नबिल बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ।

images
images
images

बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न विशेष साधारणसभाले ५ अर्ब रूपैयाँ बराबरको 'नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर' जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मतरुपमा पारित गरेको बैंकले जनाएको छ।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीको माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएको भन्दै नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका सर्त र व्यवस्थाबमोजिम तथा नियमनकारी निकायको स्वीकृतिपश्चात जारी हुनेगरी उक्त प्रस्ताव पेस गरेकामा विशेष साधारणसभाले सर्वसम्मत पारित गरेको हो।

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्‍याउनमा सेयरधनीलगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भएजस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए।

images

आगामी वर्षहरूमा समेत आ-आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ सेयरधनीलगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए। 

सभाले पारित गरेको 'नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर'को मताधिकार नहुने भएकाले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिने बैंकले जनाएको छ।

सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्वीकृतिपश्चात कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सोसमेत गरी 'अग्राधिकार सेयर' जारी हुने पनि बैंकले जानकारी दिएको छ। 

दिगो बैंकिङलाई जोड दिँदै आएको नबिल बैंकले देशको अर्थतन्त्रको पछिल्ला परिदृश्यहरूलाई मध्यनजर गर्दै नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न तथा सरकारी कोषमा सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंकका रूपमा बारम्बार सम्मानित भएर योगदान पुर्‍याउन सफल भएको सभाध्यक्ष पौडेलले बताए।

त्यसैगरी समाजिक उत्तरदायित्वमा समेत नबिल बैंक अघि रहेको तथा बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको समेत बैंकका सञ्चालक समिति अध्यक्ष पौडेलले बताए।

बैंकले हाल २ सय ६८ वटा शाखाहरू, ३ सय १६ वटा एटीएममार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको छ।


प्रकाशित : मंगलबार, भदौ १८ २०८१११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend