सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

देउसीभैलो खेलेर संकलित रकमले सडक ढलान

images
मंगलबार, भदौ १८ २०८१
images
देउसीभैलो खेलेर संकलित रकमले सडक ढलान

उक्त रकमबाट झन्डै दुईसय मिटर सडक ढलान गरिएको छ। सडक ढलान गरेपछि बाह्रैमास सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

images
images

पर्वत- मोदी गाउँपालिका-६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर संकलन गरेको रकमले सडक ढलान गरेका छन्।

images
images
images

गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै पनि निकायले सहयोग  नदिएपछि देउसीभैलो खेलेर संकलन गरेको रकमले सडक ढलान गरेका हुन्।

images
images

डिमुवा-तिलाहार-थामर्जुङ सडकको स्तरोन्नतिका लागि स्थानीय मोदी गाउँपालिकाका साथै कुनै राजनीति दल तथा संघ र प्रदेश सरकारको समेत प्राथमिकतामा नपरेपछि देउसीभैलो खेलेर रकम संकलन गरिएको स्थानीयले बताएका छन्। बाढीपहिरोका कारण सडक सुविधाबाट गाउँ नै वञ्चित भएपछि गाउँले मिलेर देउसीभैलो कार्यक्रम सञ्चालन गरेका थिए।

images
images

थामर्जुङमा एकसय ५५ घरपरिवार छन्। सोही गाउँमा खेलिएको देउसीभैलोबाट गत वर्षको तिहारमा १० लाख रूपैयाँ संकलन भएको स्थानीय चन्द्रबहादुर नेपालीले बताए। विभिन्न निकायमा सडक स्तरोन्नतिका लागि हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि गाउँवासी आफै जुटेर ढलान गरिएको उनले बताए।

'पालिका, प्रदेश र संघीय सरकारमा हाम्रो पहुँच पुगेन, अन्य सामाजिक कार्य गर्न देउसी खेलेर संकलन गरेको रकम सडक ढलानमा खर्च गरेका छौँ', स्थानीय नम्रता बस्यालले भने। उनले बिरामी उपचारका लागि अस्पतालसम्म लैजान समस्या भएपछि गाउँवासीको सक्रियतामा सडक ढलान गरेपछि अहिले सहज भएको बताए।

स्थानीयले देउसीभैलो खेलेर संकलन गरेको १० लाख रूपैयाँ र गाउँपालिकाको सहलगानी कोषबाट १५ लाख रूपैयाँ गरी २५ लाख रूपैयाँ लागतमा सडक ढलान गरिएको हो।

गाउँपालिकाको कोषले बजार क्षेत्रमा मात्र सडक स्तरोन्नतिको काम गर्ने लक्ष्य भए पनि गाउँमा जान समस्या भएको गुनासो आएपछि उक्त क्षेत्रमा पनि साझेदारी गरेर सडक ढलान गरिएको मोदी गाउँपालिका-६ का वडाध्यक्ष दीपेन्द्रजंग लामिछानेले जानकारी दिए। अन्य वडाबाट साझेदारी रकम नआएपछि उक्त वडामा मात्र ढलान गरिएको लामिछानेले बताए।

उक्त रकमबाट झन्डै दुई सय मिटर सडक ढलान गरिएको छ। सडक ढलान गरेपछि बाह्रैमास सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। विगत वर्षहरूमा वर्षायामका चार महिना सडक सुविधाबाट वञ्चित हुने थामर्जुङ गाउँमा अहिले बाह्रैमास सवारी चलाउन सकिने वडाध्यक्ष लामिछानेले जानकारी दिए।

स्थानीयको समेत साझेदारीमा निर्माण गरिएकाले कामको गुणस्तर उत्कृष्ट रहेको उनको भनाइ छ। 

झण्डै तीन किलोमिटर लामो तिलाहार-थामर्जुङ सडकको अन्य भागको स्तरोन्नतिका लागि पनि पालिका र प्रदेश सरकारसँग बजेट माग गरिएको वडाध्यक्ष लामिछानेले बताए। देउसीभैलो खेलेर सडकमा लगानी गरेको यो जिल्लामै नमूना कार्य भएको उनले बताए। रासस


प्रकाशित : मंगलबार, भदौ १८ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend