बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सुपरमाइ हाइड्रोले बोनस सेयरसहित १२.६३ प्रतिशत लाभांश दिने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १८ २०८१
सुपरमाइ हाइड्रोले बोनस सेयरसहित १२.६३ प्रतिशत लाभांश दिने

काठमाडौं- सुपरमाइ हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांशसहित १२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

सोमबार बसेको बोर्ड बैठकले ३ करोड ५० लाख बराबरको बोनस सेयर र ५.६३ प्रतिशत अर्थात २ करोड ८१ लाख रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीलाई दिने निर्णय गरेको हो।

साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गर्नेसमेत कम्पनीले घोषणा गरेको छ। दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११ सय ८४ रुपैयाँ रहेको छ।


प्रकाशित : मंगलबार, भदौ १८ २०८११०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend