बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

२५ लाख रुपैयाँ स्टार्टप उद्यम कर्जा लिन ५ दिनमै ११७ आवेदन, ५ सय जनाले सस्तो ब्याजमा कर्जा पाउने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १८ २०८१
images
२५ लाख रुपैयाँ स्टार्टप उद्यम कर्जा लिन ५ दिनमै ११७ आवेदन, ५ सय जनाले सस्तो ब्याजमा कर्जा पाउने

गत आवदेखि नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूलाई स्टार्टप उद्यम कर्जा सञ्चालन कार्यविधि-२०८१ बमोजिम कर्जा प्रवाह कार्यक्रम सञ्चालन गरिएको छ।

images
images

काठमाडौ- स्टार्टप उद्यम कर्जा लिन ५ दिनमै १ सय १७ जनाले आवेदन दिएका छन्। सरकारले चालु आर्थिक वर्ष ५ सयभन्दा बढी स्टार्टप परियोजनालाई स्टार्टप उद्यम कर्जा दिने लक्ष्य राखेको छ।

images
images
images

चालु आवमा स्टार्टप कर्जा दिनका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले भदौ ११ गते सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको छ। यसका लागि चालु आवमा १ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ। 

images
images

चालु आवको कर्जा प्रवाहका लागि सोमबार प्रतिष्ठान र राष्ट्रिय वाणिज्य बैंकबीच एक सम्झौतामा हस्ताक्षर भएको थियो। सरकारले उपलब्ध गराउने यस्तो कर्जा प्रवाह राष्ट्रिय वाणिज्य बैंकले गर्दै आएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार भदौ ११ गतेको सूचनापछिको ५ दिनमा १ सय १७ भन्दा बढी स्टार्टप उद्यमीले आवेदन दिइसकेका छन्।

images
images

स्टार्टप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि-२०८० साउन ३० गते सरकारले स्वीकृत गरेको थियो। त्यसपछि भदौ ११ गते प्रतिष्ठानले स्टार्टप कर्जाको लागि आवेदन दिन आह्वान गर्दै सूचना जारी गरेको थियो। अनलाइन र भौतिक रूपमा प्रतिष्ठानमा आएर आवेदन दिन सकिने उनले जानकारी दिए। 

स्टार्टप कार्यक्रमका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आव २०८१/८२ का लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटको २५ प्रतिशत निक्षेप तथा कर्जा सुरक्षण कोषमा सुरक्षणका लागि जान्छ। त्यसबाहेक ७२ करोड रुपैयाँ उद्यमीलाई नै जाने छ। यो कर्जा ५०० देखि ६०० जनालाई दिने योजना रहेको छ। गत वर्ष प्रतिष्ठानले १६३ जनालाई यस्तो कर्जा दिएको थियो। त्यस वर्ष २५ करोड रुपैयाँ विनियोजन भएको र २२ करोड रुपैयाँ कर्जा प्रवाह भइसकेको छ।

उक्त कार्यविधिमा कर्जा प्रवाह सञ्चालन कार्यक्रमको कार्यान्वयन प्रतिष्ठानले गर्ने उल्लेख छ। गत आवदेखि नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूलाई स्टार्टप उद्यम कर्जा सञ्चालन कार्यविधि-२०८१ बमोजिम कर्जा प्रवाह कार्यक्रम सञ्चालन गरिएको छ। 

सोमबार सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताले हस्ताक्षर गरेका हुन्। 


प्रकाशित : मंगलबार, भदौ १८ २०८११०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend