शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सिटिजन्स बैंकका ग्राहकलाई सुबिसु केबल नेट जडानमा विशेष छुट

images
सोमबार, भदौ १७ २०८१
images
सिटिजन्स बैंकका ग्राहकलाई सुबिसु केबल नेट जडानमा विशेष छुट

यस्ता सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

images
images

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

images
images
images

सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन्।

images
images

ग्राहकहरूले ३०० एमबीपीएस ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५ प्रतिशतका साथै २०० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट जडानको क्रममा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

images
images

यसबारे विस्तृत जानकारी बैंकको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : सोमबार, भदौ १७ २०८११५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend