शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

जिप्रका पर्साले सुपौली इलाका प्रशासन पुन: सञ्चालनमा ल्याउँदै, भदौ २३ देखि सेवा थाल्ने

images
सोमबार, भदौ १७ २०८१
images
images
जिप्रका पर्साले सुपौली इलाका प्रशासन पुन: सञ्चालनमा ल्याउँदै, भदौ २३ देखि सेवा थाल्ने

सेवा प्रवाहका लागि यहाँ इलाका प्रशासन कार्यालय एक करोड पाँच लाख ९९ हजार रूपैयाँ लागतमा निर्माण गरिएको छ।

images
images

वीरगञ्ज- जिल्ला प्रशासन कार्यालय पर्साले जिराभवानी गाउँपालिका-४ स्थित सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने भएको छ।

images
images

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले आगामी भदौ २३ गतेबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट हुँदै आइरहेको सेवाप्रवाह पुनः इलाका प्रशासन कार्यालय सुपौलीबाट प्रवाह गर्ने जानकारी दिए।

images
images

'इलाका प्रशासन कार्यालय सुपौलीको आफ्नै प्रशासनिक भवन निर्माण भएको र यसअघि इलाका प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको सेवा पनि भदौ २३ गतेदेखि पुन सञ्चालन हुनेछ', उनले भने।

images
images
images

सेवा प्रवाहका लागि यहाँ इलाका प्रशासन कार्यालय एक करोड पाँच लाख ९९ हजार रूपैयाँ लागतमा निर्माण गरिएको छ।

यसअघि विसं २०७५ पुस ११ गतेदेखि सरकारले सुपौलीबाट सेवाप्रवाह गर्दै आएकामा विभिन्न कारणले केही समय सेवा स्थगित भएको थियो। इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै पर्साका ग्रामीण भेगका जनता नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ।

यहाँका जनताले वीरगञ्ज जान २७ किलोमिटर यात्रा गर्नु परिरहेको छ। पहिलो चरणमा जीराभवानी, जगरनाथपुर, धोबिनी र ठोरी गाउँपालिकाका जनतालाई सेवा प्रवाह गर्ने बताइएको छ। रासस


प्रकाशित : सोमबार, भदौ १७ २०८११४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend