शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोबर, जिप र कारको आयातमा भने कमी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ १७ २०८१
images
वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोबर, जिप र कारको आयातमा भने कमी

गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख राजस्व संकलन भएको थियो। चालु आवको सोही अवधिमा भने ८८ करोड ६४ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

images
images

पर्सा- देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल आयातामा उलेख्य वृद्धि भएको छ। सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ। 

images
images
images

गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ। सो अवधिमा मोटरसाइकलको आयात शतप्रतिशतले बढेको छ। 

images
images

गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट ४६ करोड ७७ लाखका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए। चालु आवको साउनमा भने ९४ करोड ४८ लाखका सात हजार एक सय ५० थान मोटरसाइकल आयात भएका थिए।  

images
images

वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा २० करोड ६० लाखका एक सय २७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ।

भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए। 

गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख राजस्व संकलन भएको थियो। चालु आवको सोही अवधिमा भने ८८ करोड ६४ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, भदौ १७ २०८११३:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend