मंगलबार, जेठ १ गते २०८१    
images
images

नीतिगत संरक्षण भए छोटो अवधिमै तीव्र आर्थिक विकास सम्भव छ : महासंघ वरिष्ठ उपाध्यक्ष ढकाल

images
बिजनेस न्युज
images
images
नीतिगत संरक्षण भए छोटो अवधिमै तीव्र आर्थिक विकास सम्भव छ : महासंघ वरिष्ठ उपाध्यक्ष ढकाल
images
images

चितवन- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट नीतिगत संरक्षण भए निजी क्षेत्रले छोटो अवधिमै आर्थिक विकासलाई परिणाममुखी बनाउने बताएका छन्।

images
images
images

चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको १३ औं चितवन महोत्सवलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र र सरकारको लक्ष्य एउटै भए पनि सहकार्यलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका हुन्।

images

'निजी क्षेत्रले कुनै पनि काम अघि बढाउन खोज्यो भने त्यहाँ धेरै तिरबाट अवरोध आउँछन्,' वरिष्ठ उपाध्यक्ष ढकालले भने, 'निजी क्षेत्रले लगानी गरेर रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने नै हो तर हामीले प्रक्रियागत झमेला नै बढी बेहोर्नुपरिरहेको छ।'

images

आइएमएई समूहका अध्यक्षसमेत रहेका ढकालले गैंडाकोटमा निर्माणाधीन केबलकारको भौतिक निर्माणभन्दा प्रक्रिया पूरा गर्न बढी समय खर्च गर्नु परेको स्मरण गराएका थिए।

images
images

सरकारले नीतिगत सुधार र निजी क्षेत्रको संरक्षकत्व र अभिभावकत्व लिइदिने हो भने अपेक्षा गरिएभन्दा अगावै आर्थिक विकासलाई परिणाममुखी रुपमा अघि बढाउन आफूहरु सक्षम रहेको उनको भनाइ छ।

वागमती प्रदेशका मुख्यमन्त्री, भरतपुर महानगरपालिकाका प्रमुखलगायतका विशिष्ठ व्यक्तिहरु सहभागी समारोहमा वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले अघि सारेका आर्थिक गतिविधि बढाउने कार्यक्रमलाई संघीय, प्रादेशिक र स्थानीय सरकारले सहयोग गर्नु अपरिहार्य रहेको बताए।

'तीनवटै तहका सरकारले चाहेको रोजगारी वृद्धि, आर्थिक गतिविधि बढाउने कार्यक्रम नै हो,' उनले, 'निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार छ। सरकारले नीतिगत सुधार गर्ने हो भने छोटो समयमै आर्थिक गतिविधि बढाउन सकिन्छ।'

सबै तहका सरकारहरुले परम्परागत नियम कानुन परिवर्तन गर्ने आँट गर्नुपर्ने ढकालको धारणा छ। उनले निजी क्षेत्रलाई पनि लगानीमैत्री कानुन निर्माणका लागि निरन्तर दबाब दिइरहन सुझाव दिएका छन्।

 स्थानीय र प्रदेश तहमा जिल्लानगर र प्रदेश उद्योग वाणिज्य संघले जनप्रतिनिधिहरुलाई झकझकाउनुपर्ने र आफूहरुले संघीय सरकारलाई सल्लाह सुझाव दिने उनको भनाइ छ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले चितवनलाई नेपालकै वृहत पर्यटकीयस्थल बनाउने प्रस्ताव समेत राखेका थिए। चितवनको अनुपम प्राकृतिक सौंदर्यलाई उपयोग गर्नुपर्ने र नेपालको मध्य भूभागमा रहेका कारण यहाँको पर्यटकीय सम्भावना बढी रहेको उनको भनाइ छ।

चितवनको सम्पदा सदुपयोगका लागि सरकारबाट विधिवत निर्णय भए निजी क्षेत्र सहकार्य गर्न तयार रहेको उनले बताए।

चितवन महोत्सवले निजी क्षेत्र जस्तोसुकै अप्ठेरो अवस्थामा पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ भन्ने प्रमाणित गरेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ छ। कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यस वर्ष आइतबारदेखि सुरु भएको हो।

images

प्रकाशित : आइतबार, पुस २५ २०७८०१:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend