सोमबार, असोज ७ गते २०८१    
images
images

ट्राफिक प्रहरीले डेढ महिनामा संकलन गर्‍यो ४४ लाख ६९ हजार राजस्व

images
सोमबार, भदौ १७ २०८१
images
images
ट्राफिक प्रहरीले डेढ महिनामा संकलन गर्‍यो ४४ लाख ६९ हजार राजस्व
फाइल तस्बिर

कार्यालयकानुसार चालु आव २०८१/८२ को साउन र भदौ १५ सम्ममा ३८ वटा सवारी दुर्घटना भएको छ।

images
images

बागमती- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो डेढ महिनाको अवधिमा ४४ लाख ६९ हजार पाँचसय रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

पूर्व-पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा कडाइ गरेसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतभन्दा बढीले राजस्व संकलनमा वृद्धि भएको हो।

चालु आव २०८१/८२ को पहिलो महिना साउनमा चार हजार एकसय सात सवारी साधनमाथि गरिएको कारबाहीबाट ३० लाख ८७ हजार पाँचसय एक र भदौ १५ गतेसम्म एक हजार सात सय ७९ सवारी साधनलाई गरिएको कारबाहीबाट १३ लाख ८२ हजार गरी ४४ लाख ६९ हजार पाँचसय एक रूपैयाँ संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए।

कार्यालयले अघिल्लो आव २०८०/८१ को पहिलो महिना साउनमा एक हजार सात १७ सवारी साधनलाई कारबाही गर्दा १२ लाख १२ हजार रूपैयाँमात्र राजस्व संकलन भएको जनाएको छ। विभिन्न सचेतना कार्यक्रमसँगै सडकमा ट्राफिक जाँचमा कडाइ गरेपछि मकवानपुरमा सवारी दुर्घटनामा समेत कमी आएको छ। 

images

कार्यालयकानुसार चालु आव २०८१/८२ को साउन र भदौको १५ गतेसम्ममा ३८ वटा सवारी दुर्घटना भएको छ। जसमा एकजना बालकको मृत्यु भएको छ।

गत आव २०८०/८१ मा मकवानपुरमा दुईसय ४५ सवारी दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। जबकी आव २०७९/८० मा दुईसय ५२ सवारी दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको थियो भने आव २०७८/७९ मा तीन सय १७ दुर्घटनामा ७० जनाले ज्यान गुमाएका थिए। 

आव २०८०/८१ मा दुई करोड ८३ लाख ४२ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने ३७ हजार नौ सय ६० सवारीसाधनमाथि कारबाही गरी सो राजस्व संकलन गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

कार्यालयले गत आव २०७९/८० मा ४७ हजार आठ सय ९९ सवारी साधनमाथि कारबाही गर्दा रु तीन करोड ६९ लाख ६७ हजार राजस्व संकलन गरेको थियो।

'हामीले ट्राफिक नियम र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमसँगै ट्राफिक जाँचमा कडाइ गरेका छौँ', प्रहरी निरीक्षक अधिकारीले भने, 'आव २०८०/८१ मा मात्रै विद्यार्थी, नयाँ चालक, व्यवसायी, कर्मचारीलगायत दुई हजार ३७ पटकमा एक लाख ९६ हजार दुई सय ९५ जनालाई ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सहजीकरण गरेका छौँ। यसबाहेक ठाउँ ठाउँमा पर्चा, पम्पलेट, स्टिकर टाँस र समय समयमा चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएका छौँ।'

बढ्दो सवारी साधनको चाप, साघुँरो सडक, चालकको लापरबाही तथा सडकहरूमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना हुने गरेकाले यसबारे पनि नागरिकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका प्रहरी निरीक्षक अधिकारीको कथन छ। रासस


प्रकाशित : सोमबार, भदौ १७ २०८११३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend