शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

साउनमा मेची भन्सारबाट एक अर्ब ८० करोडको मालवस्तु निर्यात

images
सोमबार, भदौ १७ २०८१
images
images
साउनमा मेची भन्सारबाट एक अर्ब ८० करोडको मालवस्तु निर्यात

जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात ९३ करोड सात लाख ३५ हजार रुपैयाँले कम हो।

images
images

झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार रूपैयाँ बराबरको मालवस्तु विदेशी मुलुकमा निर्यात गरेको छ। जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात ९३ करोड सात लाख ३५ हजार रुपैयाँले कम हो।

images
images

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउन महिनामा दुई अर्ब ७३ करोड ९० लाख ३४ हजार रुपयाँ बराबरको मालवस्तु निर्यात भएको थियो।

images
images

उनका अनुसार चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका मालवस्तु निर्यात भएको छ।

images
images
images

मेची भन्सारको तथ्यांकअनुसार गत साउनमा ५१ करोड २२ लाख ७८ हजारको चिया निर्यात हुँदा ३७ करोड ११ लाख १३ हजार रूपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ। जुन गत आव २०८०/८१ को तुलनामा क्रमश: ३८ दशमलव ०८ प्रतिशत र ४३ दशमलव ४९ प्रतिशतले बढी हो। 

यसैगरी गत साउनमा १६ करोड १२ लाख ५२ हजार रूपैयाँ बराबरको अलैँची निर्यात हुँदा ३४ करोड ९२ लाख ५९ हजार रुपैयाँ बराबरका फलाम तथा फलामका सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।

जुन गत आवको साउन महिनाको तुलनामा ८३ दशमलव २८ प्रतिशत र २९ दशमलव ७६ प्रतिशतले निर्यात घटेको हो। 

त्यस्तै भेनियर सिटको निर्यात सबैभन्दा धेरै पाँचसय तीन दशमलव ९७ प्रतिशतले बढ्दा छुर्पी, अदुवा, अम्रिसो, काउली, बन्दागोपी, ब्रोकाउलीलगायतका वस्तुको निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, भदौ १७ २०८११२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend