सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

जनस्तरको पहलमा हिरासत भवन निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ १७ २०८१
images
जनस्तरको पहलमा हिरासत भवन निर्माण

दुई तलाको हिरासत भवनमा आठ वटा कोठा छन्। ती कोठामा दुई सयभन्दा बढी थुनुवा राख्न सक्ने क्षमता छ।

images
images

धरान- जनस्तरको पहलमा धरान उपमहानगरपालिका-१८ स्थित इलाका प्रहरी कार्यालयमा हिरासत भवन निर्माण गरिएको छ। 

images
images
images

इलाका प्रहरी कार्यलय धरानको पुरानो हिरासत भवन साँघुरो हुँदा थुनुवा राख्नै समस्या भएको थियो। नयाँ हिरासत भवन निर्माण भएपछि उक्त समस्या समाधान भएको इलाका प्रहकारी कार्यालयले जनाएको छ। उक्त भवन  दुई करोड नौ लाख २६ हजार १२ रुपैयाँमा निर्माण भएको भवन निर्माण समितिका कोषाध्यक्ष सविता राईले जानकारी दिए। 

images
images

कोशी प्रदेश सरकारबाट ५० लाख, धरान उपमहानगरपालिकाबाट २३ लाख र प्रतिनिधि सभाका पूर्वसांसद् जयकुमार राईको सांसद् विकास कोषबाट १० लाख, धरान यूके समाजको १० लाख रुपैयाँ र देश विदेशमा रहेका विभिन्न संघसंस्था र दाताहरुबाट प्राप्त रकम थप गरी हिरासत भवन निर्माण गरिएको कोषाध्यक्ष राईले बताए। 

images
images

दुई तलाको हिरासत भवनमा आठ वटा कोठा छन्। ती कोठामा दुई सयभन्दा बढी थुनुवा राख्न सक्ने क्षमता छ। उक्त हिरासत भवन प्रदेशकै सुविधा सम्पन्न एवं नमूना बनेको भवन निर्माण समितिका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्वप्रमुख मिनबहादुर सुब्बाले बताए। 

उनका अनुसार भविष्यमा पाँच तलासम्मको भवन बनाउन सकिने गरि डिजाइन भएको र त्यही अनुसार जग निर्माण गरिएको छ। उनले भने, '२०७५ सालबाटै समिति बनाएर जनस्तरबाट बजेट जुटाउन सुरु गरिएको थियो हाल आएर निर्माण सम्पन्न भएको छ।; 

भवन २०७५ सालमा प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गरेका थिए। हाल उनी आफैँ मुख्यमन्त्री हुँदा शनिबार भवनको उद्घाटन गरेका हुन्। सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय हिरासत भवनको चाँबी प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुलाई भवन निर्माण समितिका अध्यक्ष मिनबहादुर सुब्बाले हस्तान्तरण गरेका थिए। रासस


प्रकाशित : सोमबार, भदौ १७ २०८११०:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend