बिहीबार , असोज ३ गते २०८१    
images
images

नाडा अटो शो २०२४ मा नामी ७१७, सेरेस २१० र दिपलका १६५ विद्युतीय कार बुकिङ

images
आइतबार, भदौ १६ २०८१
images
images
नाडा अटो शो २०२४ मा नामी ७१७, सेरेस २१० र दिपलका १६५ विद्युतीय कार बुकिङ
images
images

काठमाडौं- नाडा अटो शो २०२४ मा एमएडब्लू समूहअन्तर्गतका ३ विद्युतीय सवारी बिक्रेता कम्पनीले उल्लेख्य संख्यामा बुकिङ लिएका छन्।

images
images
images

एमएडब्लू वृद्धि अटोकर्प अन्तर्गतका चिनियाँ विद्युतीय सवारी ब्रान्डमा ६ दिनसम्म चलेको नाडा अटो शो २०२४ मा अवलोकनकर्ताहरूको राम्रो भिड लागेको थियो।

यो वर्षको अटो शोमा चर्चित विद्युतीय ह्याचब्याक कार नामीको सबैभन्दा धेरै बुकिङ भएको छ। ६ दिने अटो शोमा ७ सय १७ वटा नामी ०१ ईभी बुकिङ भएको छ।

samiti - swasthya siksha suchana prabidhi.jpg

images

त्यस्तै यही समूहले बिक्री गर्ने सेरेस विद्युतीय एसयूभी नाडामा २ सय १० वटा बुकिङ भएको छ। गत वर्षको अटो शोमा सेरेस सबैभन्दा धेरै बुकिङ भएको थियो।

नाडा अटो शो २०२४ मा धेरै अवलोकनकर्ताको रोजाइको स्टल दिपलको थियो। आकर्षक दिपल एस०७ र एल ०७ले धेरैको ध्यान खिच्न सफल भएको थियो। सोहीकारण यो वर्षको नाडा अटो शोमा दिपलका एस०७ र एल०७ १ सय ६५ वटा विद्युतीय कार बुकिङ भएका हुन्। 

एमएडब्लू वृद्धि अटोकर्पका तीन ब्रान्ड नामी, सेरेस र दिपलका कुल १ हजार ९२ वटा विद्युतीय कार बुकिङ भएको कम्पनीको भनाइ छ।


प्रकाशित : आइतबार, भदौ १६ २०८१२१:३९
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend