बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शो २०२४ मा स्काइवेलका १२६ प्रिमियम ईभी एसयूभी बुकिङ

आइतबार, भदौ १६ २०८१
नाडा अटो शो २०२४ मा स्काइवेलका १२६ प्रिमियम ईभी एसयूभी बुकिङ

काठमाडौं- नाडा अटो शो २०२४ को ६ दिनमा स्काइवेलका १ सय २६ वटा विद्युतीय एसयूभी बुकिङ भएका छन्।

स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्सले अटो शोमा १ सय २६ वटा बीई११ र ईटी फाइभ बुकिङ भएको जनाएको छ।

जी मोटर्स प्रालिले शनिबारसम्म ९९ वट स्काइवेल ईटी फाइभ, बीई११ मोडेलका ६२० किमि, ५२० किमि र ४२० किमि रेन्ज दिने गाडीको बुकिङ लिएको जनाएको थियो। आइतबार अन्तिम दिन २७ वटा ईभी बुकिङ भएको जनाएको छ।

हाल नेपालमा ४० वटाभन्दा बढी स्काइवेलका ईटी फाइभ प्रिमियम विधुतीय एसयूभी बिक्री भइ सकेका छन् भने जी मोटर्सले नाडामा बुकिङङ गर्ने ग्राहकका लागी स्पेशल मूल्यमा कार उपलब्ध गराएको थियो।

४१० किमि रेन्ज दिने बीई११ को ७५.९० लाख, ५२० किमि रेन्ज दिने बीई११ को मूल्य ८५.९० लाख र ईटी फाइभको मूल्य १.१० करोड रूपैयाँ कायम गरेको थियो।

स्काइवेल ६५ भन्दा बढी देशहरुमा जर्मनी, यूके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्डलगायत देशमा बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।  

नाडा अटो शो पश्चात सबै मोडेलमा ५ लाख रूपैयाँसम्मले मूल्य वृद्धि हुने कम्पनीको भनाइ छ।


प्रकाशित : आइतबार, भदौ १६ २०८१२१:२०
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend