बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

६ महिना नबित्दै १७ जलविद्युतमा ९२ अर्ब ६२ करोड लगानी प्रतिबद्धता

१ अर्ब ४१ करोड लगानीमा २ वटा सोलार उद्योग

images
सोमबार, पुस २६ २०७८
images
images
६ महिना नबित्दै १७ जलविद्युतमा ९२ अर्ब ६२ करोड लगानी प्रतिबद्धता

उक्त रकम लगानी हुने १७ वटा जलविद्युत कम्पनीले गरेको प्रतिबद्धता अनुसार ४ सय ७२ मेगावाट विद्युत उत्पादन हुनेछ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको ६ महिना नबित्दै जलविद्युत उत्पादनका लागि १७ वटा उद्योग दर्ता भएका छन्। ती जलविद्युत उद्योगमा ९२ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ। 

images
images

उक्त रकम लगानी हुने १७ वटा जलविद्युत उद्योगले गरेको प्रतिबद्धताअनुसार ४ सय ७२ मेगावाट विद्युत उत्पादन हुनेछ। त्यसैगरि दुई सोलार परियोजनाबाट १७.७ मेगावाट विद्युत उत्पादन हुनेछ। 

images
images

उद्योग विभागमा दर्ता भएका सबै जलविद्युत तथा सोलार विद्युत उत्पादन गर्न दर्ता भएका उद्योगहरू स्वदेशी लगानीमै बन्ने छन्। उद्योग विभागमा साउन १ देखि पुस २३ गतेसम्म यी उद्योग दर्ता भएका हुन्। 

images
images

नेपाल विद्युत प्राधिकरणले अहिले उत्पादन भएको विद्युत खपत नहुँदा समस्या भएको भन्दै बजार खोजी रहेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरुलाई चाहेजति बिजुली दिने र आम उपभोक्तालाई समेत विद्युत खपत गराउन आग्रह गरिरहेका छन्। 

अबको एक दुई वर्षभित्र उत्पादन हुने विद्युतको बजारबारे विद्युत प्राधिकरण आफै अनविज्ञ रहेको छ। विद्युत निर्यातका बरोमा भारत तथा बंगालादेशसँग समेत छलफल प्राधिकरण तथा ऊर्जा मन्त्रालयले गरिहेको छ। 

यसका बाबजुत जलविद्युत उत्पादन गर्न कम्पनी दर्ता हुने क्रम भने बढी नै रहेको छ। जलविद्युतको उच्च सम्भावना भएको हाम्रो मुलुकमा अन्तरिक लगानीमै आयोजना बन्ने क्रम बढी रहेको छ। साना तथा मझौला जलविद्युत आयोजना निर्माणका लागि स्वदेशि लगानी आइरहेको भएपनि ठूलो परियोजनाका लागि बाह्य लगानी समेत भित्रिने क्रममा रहेको छ। 

यी हुन् २०७८ साउन १ देखि पुस २३ सम्म दर्ता भएका जलविद्युत कम्पनी

बुटवल पावर कम्पनी (चिनिखोला जलविद्युत आयोजना) मनाङमा विद्युत उत्पादन गर्ने गरि दर्ता भएको छ। १ अर्ब २९ करोड ६३ लाख रुपैयाँ लगानी प्रतिबद्धता रहेको यो आयोजनाले ७.९ मेगावाट विद्युत उत्पादन गर्ने छ। 

हिमालयन इन्जिनियरिङ एन्ड इनर्जीले नवलपसारीको मध्यबिन्दु नगरपालीका वडा नम्बर १४ र विनयी गाउँपालिका वडा नम्बर ३ मा रहने छ। ४४ करोड १२ लाख रुपैयाँ लगानीमा हुने यो आयोजनाबाट २ मेगावाट विद्युत उत्पादन हुनेछ।  

पुवाखोला वान-हाइड्रोपावर लिमिटेड (आयु मलुन जलविद्युत आयोजना, आोखलढुंगाको मोलुङ गाउँपालिका बन्ने छ। शतप्रतिशत स्वदेशि लगानी रहेको यो आयोजनाबाट २१ मेगावाट विद्युत उत्पादन हुनेछ। यो आयोजनामा ३ अर्ब ८१ करोड ५० लाख लगानी हुनेछ। 

भदौली खोला हाइड्रोपावर कम्पनी कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आयोजना बन्ने छ। २.६४५ मेगावाट विद्युत उत्पादन क्षमताको यो आयोजना ४७ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ। 

ताप्लेजुङको पापुङमा रहेको मिक्वाखोलाबाट विद्युत उत्पादन गर्ने गरि हिमाली हाइड्रो फन्ड प्रालि दर्ता भएको हो। ९ मेगावाट विद्युत उत्पादन क्षमता हुने यो आयोजनामा १ अर्ब ८५ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। 

वाटर इनर्जी सोलुसन प्रालि ८.३ मेगावाट जलविद्युत उत्पादन गर्ने गरि स्थापना भएको हो। इलामको देउमाई नगरपालिका ७ मा स्थापना हुने यो जलविद्युत आयोजनामा १ अर्ब ६५ करोड २२ लाख रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ। 

कोप्लाङ इनर्जी हाइड्रोपावर प्रालि दोलखाको गौरिशंकर गाउँपालिकामा बन्ने आयोजना हो। ६.२ मेगावाट विद्युत उत्पादन क्षमता भएको यो आयोजनामा १ अर्ब २९ करोड २२ लाख रुपैयाँ लगानी हुने छ। 

संखुवासभाको चैनपुर नगरपालिकामा बन्ने जलविद्युत आयोजना बनाउन मेन्छियम हाइड्रापावर लिमिटेड दर्ता भएको छ। ७.७ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउन १ अर्ब ३० करोड ५१ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। 

रुरुगाड पावर कम्पनी प्रालि कालीकोटको तिलागुफा नगरपालिमा रहेन छ। २४.५ मेगावाट क्षमताको यो जलविद्युत आयोजनामा ४ अर्ब ३७ करोड ८८ लाख रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ। 

रिभरसाइड हाइड्रो इनर्जी प्रालि ३७.५ मेगावाट विद्युत उत्पादन गर्ने गरि दर्ता भएको छ। ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा यो आयोजना बन्ने छ। यो जलविद्युत आयोजनामा ५ अर्ब ९५ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ। 

सिता हाइड्रोपावर कम्पनी प्रालिले (दुध खोला जलविद्युत आयोजना) मनाङको नासोङ गाउँपालिकामा रहनेछ। ६५ मेगावाट विद्युत उत्पादन क्षमताको यो आयोजनामा १० अर्ब ४३ करोड ६० लाख रुपैयाँ लगानी हुनेछ। 

बुटवल पावर कम्पनी लिमिटेड (तल्लो मनाङ मस्र्याङदी जलविद्युत परियोजना) मनाङको नासोङ गाउँमालिका वडा नम्बर ३ मा बन्ने छ। १ सय ३९.२ मेगावाट क्षमताको यो आयोजनामा ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ लगानी हुनेछ। 

ठूला खोला हाइड्रोपावर प्रालि म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ८ मा रहने छ। १५ मेगावाट विद्युत उत्पादन क्षमताको यो आयोजनामा २ अर्ब ५५ करोड ६९ लाख रुपैयाँ लगानी हुनेछ। 

ब्रम्हायणी हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गर्ने जलविद्युत आयोजना सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ मा रहने छ। ३५.४७ मेगावाट विद्युतल उत्पादन क्षमताको यो आयोजनामा ५ अर्ब ९५ करोड ८ लाख रुपैयाँ लगानी हुनेछ। 

इन्टिग्रेटेड हाइड्रो फन्ड नेपाल प्रालि सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा बन्ने जलविद्युत आयोजना निर्माण गर्न स्थापना भएको कम्पनी हो। १५.१५ मेगावाट विद्युत उत्पादन क्षमताको आयोजना निर्माणमा २ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ लगानी हुनेछ। 

सानिमा जुम हाइड्रोपावर लिमिटेडले बनाउने जलविद्युत आयोजना दोलखाको बिगु गाउँपालिकामा हुनेछ। ५६ मेगावाट क्षमताको यो जलविद्युत आयोजनामा १० अर्ब ५३ करोड ३१ लाख रुपैयाँ लगानी हुनेछ। 

गणेश हिमाल हाइड्रोपावर प्रालि कम्पनी २० मेगावाट विद्युत उत्पादन गर्ने गरि यो कम्पनी स्थापना भएको हो। धादिङको खनियावास गाउँपालिकामा बन्ने यो आयोजनामा ४ अर्ब २८ करोड ५३ लाख रुपैयाँ लगानी हुनेछ। 

सोलार विद्युत आयोजना 

पशुपति रिन्युएबलसले सोलार विद्युत उत्पादन गर्न कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजना बन्ने छ। १० मेगावाटको सोलार विद्युत उत्पादन गर्न ८८ कोड ८१ लाख रुपैयाँ लगानी हुनेछ। 

तराई सोलार प्रालि सोलार विद्युत उत्पादन गर्ने गरि दर्ता भएको छ। यो आयोजनाले ७.७ मेगावाट विद्युत उत्पादन गर्नेछ। पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ मा रहेको यो सोलार विद्युत परियोजनामा ५६ करोड रुपैयाँ लगानी हुनेछ।


प्रकाशित : सोमबार, पुस २६ २०७८०५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend