बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शो २०२४ मा टाटाका ६४४ विद्युतीय कार बुकिङ

पन्च ईभी ४७५ र टियागो ईभी १६९ वटा बुक

आइतबार, भदौ १६ २०८१
नाडा अटो शो २०२४ मा टाटाका ६४४ विद्युतीय कार बुकिङ

टाटा डट ईभी प्रिजेन्ट्स नाडा अटो शो २०२४ मा पन्च ईभी धेरैको पर्खाइ र रोजाइमा परेको विद्युतीय कम्प्याक्ट एसयूभी हो।

काठमाडौं- नाडा अटो शो २०२४ आइतबार सम्पन्न भएको छ। ६ दिनसम्म चलेको अटो शोमा टाटाका ६ सय ४४ वटा विद्युतीय कार बुकिङ भएको छ। 

टाटाले नाडा अटो शोमै बहुप्रतिक्षित पन्च ईभी सार्वजनिक गरेको थियो। ६ दिनमा टाटाको पन्च ईभी ४ सय ७५ वटा र टियागो ईभी १ सय ६९ वटा बुकिङ भएको कम्पनीले जनाएको छ। 

टाटा पन्च ईभीको सुरुवाति मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको थियो। यो सुरुवाती भेरियन्टमा पनि ग्राहकहरुले सनरुफसहितको विद्युतीय एसयूभी पाउने छन्। 

यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ। साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको पनि घोषणा गरेको छ।

टाटा डट ईभी प्रिजेन्ट्स नाडा अटो शो २०२४ मा पन्च ईभी धेरैको पर्खाइ र रोजाइमा परेको विद्युतीय कम्प्याक्ट एसयूभी हो। सिप्रदीले पन्च ईभी सार्वजानिक गर्नुपूर्व हजारौँ किलोमिटर चलाएर रियल वल्र्ड परीक्षण गरेको हो।

नेपालको विभिन्न भूभागमा गरेको परीक्षण अनुसार गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने बताएको छ। यो ल्याबमा फिक्स गरेर जाँच गरिएको रेन्ज नभइ रियल वल्र्ड रेन्ज भएको कम्पनीले जनाएको छ।

सोहीकारण नाडा अटो शोमा पुग्ने हरेक अवलोकनकर्ताले नबिराइ हेर्ने विद्युतीय एसयूभी बनेको थियो, टाटा पन्च ईभी। आकर्षक डिजाइन र विशेषताले भरिएको र ‘भ्यालू फर मनी’ दिने यो कार धेरैको रोजाइ र चासोमा परेको हो।

बहुप्रतिक्षित पन्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त छ।

१६ इन्च एलआरआर टायर, १ सय ९० एमएम ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छज्।

यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३ सय ६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ। पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ।

त्यस्तै टाटाको टियागो ईभी सर्वाधिक सफल विद्युतीय ह्याचब्याक कार हो। नाडा अटो शो २०२३ मा टाटा टियागो ईभी नेपाली बजारमा सार्वजनिक भएको थियो। यो विद्युतीय कारको मूल्य २९ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ। 


प्रकाशित : आइतबार, भदौ १६ २०८११९:१६
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend