बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सानिमा बैंकको डेबिट-क्रेडिट कार्डमार्फत सीजी मोबाइलमा सामान खरिद गर्दा विशेष छुट

आइतबार, भदौ १६ २०८१
सानिमा बैंकको डेबिट-क्रेडिट कार्डमार्फत सीजी मोबाइलमा सामान खरिद गर्दा विशेष छुट

सानिमा बैंकले देशको सातै प्रदेशमा रहेका १ सय ३३ वटा कार्यालय, १ सय २४ वटा एटीएममार्फत सेवा दिइरहेको छ।

काठमाडौं- सानिमा बैंकले डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइल प्राइभेट लिमिटेडसँग छुटसम्बन्धी सम्झौता गरेको छ।

सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत सीजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा बैंकका ग्राहकहरुले विशेष छुट पाउने ग्राहकहरुले विशेष छुट पाउने व्यवस्था गरिएको हो।

नथिङ तथा सीएमएफ ब्रान्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म छुट पाउनेछन् भने एयरबडलगायत अन्य एक्सेसरिजको खरिद गर्दा ९ प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा पनि हेर्न सकिने बैंकले जनाएको छ।

सानिमा बैंकले देशको सातै प्रदेशमा रहेका १ सय ३३ वटा कार्यालय, १ सय २४ वटा एटीएममार्फत सेवा दिइरहेको छ।


प्रकाशित : आइतबार, भदौ १६ २०८११८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend