बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कुमारी बैंकले उद्यमशीलता प्रर्वद्धनका लागि क्यूआर कारोबारकै धितोमा कर्जा दिने

आइतबार, भदौ १६ २०८१
कुमारी बैंकले उद्यमशीलता प्रर्वद्धनका लागि क्यूआर कारोबारकै धितोमा कर्जा दिने

यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तीय संयन्त्रमा आर्कषित हुने र उनीहरुको उद्यमशीलता प्रर्वद्धनमा टेवा पुग्ने विश्वास बैंकको छ।

काठमाडौं- कुमारी बैंक लिमिटेडले क्यूआर कारोबारका आधारमा कर्जा प्रदान गर्ने भएको छ।

बैंकले उद्यमशीलता प्रर्वद्धनका लागि 'देशैभरी वर्षैभरी' उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीहरुलाई वित्तीय सबलता प्रदान गर्न क्यूआर कारोबारकै धितोमा क्यूआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिहेको छ। 

यस योजनाअन्तर्गत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना व्यवसायको खाता खोल्नु पर्नेछ।

खाता खोली क्यूआरमार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरु लगातार ४ हप्ता भइ मासिक कम्तीमा १० हजार रूपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरुले दुई लाखसम्मको कर्जा कुनै पनि कागजात वा धितोबिना नै कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरी सहजै लिन सक्नेछन्।

यसरी लिएको कर्जाको भुक्तानीको तरिकासमेत उक्त एपमार्फत नै प्राप्त गर्न सकिने भएकाले व्यवसायीहरु कर्जा लिन तथा तिर्नका लागि बैंक जानु नपर्ने बैंकले जनाएको छ।

यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तीय संयन्त्रमा आर्कषित हुने तथा उनीहरुको उद्यमशीलता प्रर्वद्धनमा केही टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।


प्रकाशित : आइतबार, भदौ १६ २०८११८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend