सोमबार, असोज ७ गते २०८१    
images
images

रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि

images
आइतबार, भदौ १६ २०८१
images
images
रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि

आर्थिक वर्ष २०८०/८१ मा आरपीएसमार्फत कुल ५,६९७ अर्ब बराबरको भुक्तानी कारोबार भएको कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गत कार्यान्वयनमा रहेको रिटेल पेमेन्ट स्वीच (आरपीएस) ले २०८१ असार मसान्तसम्म ६७३ अर्ब रूपैयाँको भुक्तानी कारोबार फर्छ्यौट गरेको जनाएको छ।

images
images
images

कम्पनीका अनुसार यो कारोबार रकमको आधारमा गत वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको हो भने कारोबार संख्याको आधारमा ४९ प्रतिशतले वृद्धि भएको हो।

यसरी गत ४ महिनादेखि आरपीएसमा मासिक ५०० अर्बभन्दा बढीको कारोबार हुँदै आएको कम्पनीले जनाएको छ। जसमा जेठ महिनामा ५७७ अर्ब, बैशाखमा ५२७ अर्ब र चैत्रमा ५१७ अर्ब गत आवमा भुक्तानी भएको कम्पनीको भनाइ छ।

आर्थिक वर्ष २०८०/८१ मा आरपीएसमार्फत कुल ५,६९७ अर्ब बराबरको भुक्तानी कारोबार भएको कम्पनीले जनाएको छ।

images

नेपाल राष्ट्र बैंकबाट प्रकाशित पेमेन्ट्स इन्डिकेटर अनुसार आरपीएसबाट हुने भुक्तानी कारोबार चेक, आईपीएस, मोबाइल बैंकिङ तथा कार्डबाट हुने गरेको कारोबारभन्दा बढी रहेको पनि कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार २०७८ पुसदेखि एक छुट्टै च्यानलको रुपमा एनपीएसअन्तर्गत कार्यान्वयनमा रहेको आरपीएसले कारोबार संख्या र रकमको आधारमा ४ गुणाले वृद्धि गरेको छ। 

सन् २०१७ मा फास्टर पेमेन्ट सिस्टमको रुपमा कार्यान्वयनमा ल्याइएको कनेक्ट आईपीएसले मोबाइल एप, वेब तथा गेटवेका च्यानलमार्फत रियल टाइम भुक्तानीको सेवाको थालनी गरेको थियो।

सन् २०२१ डिसम्बर महिनामा नेशनल पेमेन्ट स्वीचअन्तर्गत ननकार्ड भुक्तानीहरु फर्छ्यौटका निम्ति यसलाई आरपीएस भनी एक छुट्टै सिस्टमका रुपमा सञ्चालन गरिएको थियो।

आरपीएसमार्फत विभिन्न इन्स्ट्रुमेन्टहरु स्थापना गरी बैंक खातामा आधारित रियल टाइम भुक्तानीहरु, बैंक वित्तीय संस्थाको वैकल्पिक च्यानलमार्फत गरिने भुन्तानीहरुका साथै बैंक वित्तीय संस्थालगायत भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, रेमिट्यान्स कम्पनी बीमा कम्पनी, सरकारी तथा पुँजी बजारसम्बन्धी विभिन्न निकायहरुले यो प्रणाली प्रयोग गर्दै आफ्नो सेवा विस्तार गर्दै आएका छन्। 


प्रकाशित : आइतबार, भदौ १६ २०८११७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend