सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

मौद्रिक नीतिको लचिलो प्रावधानले अर्थतन्त्रमा सुधार : डेपुटी गभर्नर मिश्र

images
आइतबार, भदौ १६ २०८१
images
मौद्रिक नीतिको लचिलो प्रावधानले अर्थतन्त्रमा सुधार : डेपुटी गभर्नर मिश्र

पुँजीबजारमा देखिएको वृद्धि पनि मौद्रिक नीतिकै कारण भएको डेपुटी गभर्नर बमबहादुर मिश्रले भने।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताएका छन्।

images
images
images

‘नाडा अटो शो २०२४’ को सन्दर्भमा इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)ले आज आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रियामा उनले मौद्रिक नीतिको कार्यदिशा सजकतापूर्वक लचिलो बनाइएको र नियामक व्यवस्थामा सुधार भएकाले अर्थतन्त्र विस्तारै चलायमान बन्दै गइरहेको उल्लेख गरे।

images
images

'बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ। अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएका छन्', डेपुटी गभर्नर मिश्रले भने। पुँजीबजारमा देखिएको वृद्धि पनि मौद्रिक नीतिकै कारण भएको उनको भनाइ थियो।

images
images

डेपुटी गभर्नर मिश्रले राजस्व कम भए पनि विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्नुपर्छ भनेर राष्ट्र बैंकले नीतिगत सम्बोधनको प्रयास गरिरहेको बताए। उनले नेपालमा एसेम्बल भएका सवारीसाधनलाई प्रोत्साहित गर्दै थोरै मात्रै भए पनि छुट सुविधा दिन सकिए स्वदेशी उत्पादन प्रवर्द्धन र रोजगारी सिर्जना गर्न सकिनेमा विश्वास व्यक्त गरे।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष सुनील केसीले बैंक तथा वित्तीय क्षेत्रले विद्युतीय सवारीसाधनको प्रवर्द्धन र पर्यावरणमैत्री बनाउन सहकार्य जारी राख्ने धारणा राखे।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष उपेन्द्र पौडेलले अटोमोबाइल व्यवसायलाई उत्पादनशील बनाइनुपर्नेमा जोड दिए। स्वदेशी ऊर्जाको खपत र पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गरिनुपर्ने उनको भनाइ थियो।

नेपाल अटोमोबाइल्स एशोेसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीले विद्युतीय सवारीसाधनको प्रोत्साहनका लागि उपभोक्ताको मागअनुसार चार्जिङ सेन्टर पनि विस्तार गर्दै लगिने बताए। रासस


प्रकाशित : आइतबार, भदौ १६ २०८११६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend