बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मोबाइल बैंकिङमार्फत नै पाँच लाखसम्मको कर्जा दिने

आइतबार, भदौ १६ २०८१
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मोबाइल बैंकिङमार्फत नै पाँच लाखसम्मको कर्जा दिने

कर्जाका लागि योग्य ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपको होमपेजबाट कर्जाका लागि आवेदन दिनसक्ने व्यवस्था बैंकले गरेको छ।

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले मोबाइल बैकिङ एप्समार्फत नै आफ्ना सेवाग्राहीलाई ५ लाखसम्म कर्जा दिने भएको छ। बैंकले मोबाइल बैंकिङ एपमार्फत एनआईएमबी स्मार्ट कर्जा दिने सुविधा सुरु गरेको जनाएको छ।

यो सुविधामार्फत बैंकका योग्य ग्राहकहरुले ५ लाखसम्मको कर्जा एनआईएमबी स्मार्टमार्फत बिनाकुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभइ सजिलै लिन सक्ने बैंकले जनाएको छ।

बैंकले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरु समेत प्रदान गरेको जनाएको छ। बैंकका अनुसार यसमा ग्राहकहरुले १ महिनाभित्र वा बढीमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्ने सुविधासमेत प्राप्त गर्नेछन्।

साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटी तिर्न चाहने ग्राहकहरूको लागि पूर्वभुक्तानीको समेत व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्टमार्फत इमेल भेरिफिकेसन गरी सजिलै एनआईएमबी स्मार्ट लोनमा दर्ता गर्न सक्नेछन्।

कर्जा प्राप्त गर्नका लागि तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरणलाई बैंकले सर्तको रुपमा अगाडि सारिएको छ।

योग्य ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपको होमपेजबाट कर्जाका लागि आवेदन दिनसक्ने व्यवस्था बैंकले गरेको छ।


प्रकाशित : आइतबार, भदौ १६ २०८११६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend