बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

कामना सेवा विकास बैंकद्वारा नारायणी आधारभूत विद्यालयमा पोसाक वितरण

आइतबार, भदौ १६ २०८१
कामना सेवा विकास बैंकद्वारा नारायणी आधारभूत विद्यालयमा पोसाक वितरण

बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय डण्डामार्फत श्री नारायणी आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ।

बैंकको डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर ठकुरीलाई पोसाक हस्तान्तरण गरेका हुन्।

अध्यक्ष ठकुरीले बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत कावासोती १७, पुरानो अमलटारी क्षेत्र, नारायणीको तटिय क्षेत्रमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई गरिएको पोसाक हस्तान्तरणले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बैंकका शाखा प्रमुख अधिकारीले कावासोती नगरपालिकासँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्राध्यापक, कावासोती नगरपालिकाका वडा नं १७ का प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।


प्रकाशित : आइतबार, भदौ १६ २०८११५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend