बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

श्री एयरलाइन्सको टिकटमा कुमारी बैंकका ग्राहकसँगै परिवारलाई समेत पाँचसय रूपैयाँ छुट

आइतबार, भदौ १६ २०८१
श्री एयरलाइन्सको टिकटमा कुमारी बैंकका ग्राहकसँगै परिवारलाई समेत पाँचसय रूपैयाँ छुट

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्नसक्ने बैंकको विश्वास छ।

काठमाडौं- कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यले श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा पाँचसय रूपैयाँ छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

पाँचसय रूपैयाँ छुटका लागि बैंकका ग्राहकले श्री एयरलाइन्सका काउन्टरहरुबाट टिकट खरिद गर्दा कुमारी बैंककै डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्नुपर्ने छ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्नसक्ने बैंकको विश्वास छ।

देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत बैंकले ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।


प्रकाशित : आइतबार, भदौ १६ २०८११५:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend