बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

अल्फा डेन्टल, श्रीराम हस्पिटललगायत ६ संस्थाका सेवाहरुमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई विशेष छुट

आइतबार, भदौ १६ २०८१
अल्फा डेन्टल, श्रीराम हस्पिटललगायत ६ संस्थाका सेवाहरुमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई विशेष छुट

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने बैंकको विश्वास छ।

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

बैंकले काठमाडौंको चाबहिलस्थित कसमस रिट्रट्स  प्रालिका विभिन्न उत्सवहरुका लागि केकको मूल्यमा १५ प्रतिशत छुटको सम्झौता गरेको छ भने त्यहाँ ३५ दिने बेकरी तथा पेस्ट्री तालिम शुल्कमा १० प्रतिशत, ३५ दिने फन्डक्ट तालिम शुल्कमा १० प्रतिशत छुट पाउनेगरी सम्झौता भएको छ।

यस्तै वीरगञ्जको श्रीराम हस्पिटल प्रालिमा ओपीडी शुल्कमा ३० प्रतिशत, ल्याब शुल्कमा २० प्रतिशत, फार्मेसी, शल्यक्रिया तथा बेड शुल्क १० प्रतिशत, युएसजी, एक्स-रे, ईसीजी, इको शुल्कमा १० प्रतिशत र आमा सुरक्षा (सामान्य र सिजेरियन) शुल्क निःशुल्क गर्नेगरी बैंकसँग सम्झौता भएको छ।

हेटौँडाको सीएमसी चुरे हस्पिटलमा महालक्ष्मी बैंकका ग्राहकले कानूनी मामिलाबाहेकका अस्पताल सुविधाहरुमा २० प्रतिशत र कानूनी मामिलाबाहेकका फार्मेसी सुविधामा ७ प्रतिशत छुट पाउनेछन् भने वीरगञ्जको होटल भिषूवामा पेय पदार्थ शुल्कमा १० प्रतिशत, रेस्टुरेन्ट शुल्कमा १५ प्रतिशत, पौडी र स्पा शुल्क ३० प्रतिशत र आवास शुल्कमा २० प्रतिशत छुट पाउन सक्नेछन्।

यसैगरी नयाँ बानेश्वरमा रहेको शितल चौतारी होटल मानेन्जमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रो प्रालिमा  खाना तथा पेय पदार्थ १४ प्रतिशत छुट मिल्ने व्यवस्था गरिएको छ भने हेटौँडाको अल्फा डेन्टलमा सबै किसिमका दन्त सुविधाहरुमा १५ प्रतिशत छुट मिल्नेगरी सम्झौता गरिएको बैंकले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने बैंकको विश्वास छ।


प्रकाशित : आइतबार, भदौ १६ २०८११४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend