सोमबार, असोज ७ गते २०८१    
images
images

सेयर बजारमा बिग्रियो उचाइतर्फको लय, साताको पहिलो कारोबार ओरालोतिरै

२७०० बाट तल आएको बजार लगानीकर्ताको अनुमानबाहिर

images
आइतबार, भदौ १६ २०८१
images
images
सेयर बजारमा बिग्रियो उचाइतर्फको लय, साताको पहिलो कारोबार ओरालोतिरै
images
images

काठमाडौं- गएको साता समग्रमा २२४.८७ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि ओरालोतिर नै देखिएको छ। कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजारमा दुई सातायता भने वृद्धि थामिएको छ। त्यसअघिको साता पनि बजार समग्रमा २६.३५ अंकले घटेको थियो। 

images
images
images

साताको पहिलो कारोबारमा आइतबार ५३.६३ अंकले घटेर बजार २६९५.९३ बिन्दुमा झरेको छ। २६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ। २१४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको सातामा पनि पहिलो कारोबार नै ओरालोतिर नै देखिएको थियो। गएको साता आइतबार ७९.८८ अंकले घटेको बजार मंगलबार १११.९६ अंकले घटेको थियो। बुधबार ३.८० अंकले बढेको बजार बिहीबार भने ३६.८३ अंकले घटेर २७४९.५७ बिन्दुमा झरेको थियो।

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको बजार उच्च बिन्दुतर्फ बढिरहँदा दुई सातायता उतारचढाव देखिन थालेको छ। बजारको लगातारको वृद्धिपछिको अहिलेको अवस्थालाई 'करेक्सन' नै मान्नुपर्ने विश्लेषकहरूको तर्क छ तर लगानीकर्ताहरू भने बढ्दो बजारप्रतिको विश्वास गुमाउँदै गइरहेका छन्।  

images

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार धरमर गरिरहेको छ। 

बजार दुई सातायता धरमर भए पनि लगातार राम्रो देखिएको कारोबार रकमलाई हेर्दा पनि अब कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा केही समय बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले उचाइ नै लिएर अब छिटै नयाँ बिन्दु भेट्ने उनीहरूले बताउँदै आएका छन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने विश्लेषकहरूले बताइरहँदा लगानीकर्ताहरू भने 'ठूला लगानीकर्ता'को चलखेलमै बजार रहेको शंका गरिरहेका छन्। उनीहरू अहिले बजार अनुमानबाहिर रहेकाले पर्ख र हेरको सोचमा नै देखिन्छन्।


प्रकाशित : आइतबार, भदौ १६ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend