काठमाडौं- सरकारले विमानस्थल प्रवेशमा खोप कार्ड अनिवार्य गरेको छ।
कोरोना संक्रमण बढेसँगै खोप कार्ड अनिवार्य गरेको सीसीएमसीकी प्रवक्ता सुनिता नेपाालले जानकारी दिइन्।
अब विमानमा यात्रा गर्नेले अनिवार्य रुपमा खोप कार्ड आवश्यक पर्ने भएको हो। यो नियम माघ ३ गतेबाट लागू हुने छ।
सरकारले खोप अभियानलाई तीब्रता बनाउन पननि यस्तो नियम लागू गरेको हो।