बिहीबार , असोज ३ गते २०८१    
images
images

नाडा अटो शो २०२४ : तीनवटै उत्कृष्ट स्टल विद्युतीय

तीनवटै ब्रान्ड पहिलाेपटक सहभागी

images
आइतबार, भदौ १६ २०८१
images
images
नाडा अटो शो २०२४ : तीनवटै उत्कृष्ट स्टल विद्युतीय

नाडाले वेस्ट स्टल छान्दा दिइएको स्पेस, बनोट, क्रिएटिभिटी, ध्वनी, स्टलमा अवलोकनकर्ताहरुको सहजतालगायतलाई आधार बनाउने गरेको छ।

images
images

काठमाडौं- नाडा अटो शो २०२४ मंगलबारबाट सुरु भएर आइतबार साँझ सकिएको छ। यो वर्षको अटो शोमा विद्युतीय सवारीमय बनेको थियो। सोही कारण उत्कृष्ट छानिएका सबै स्टल विद्युतीय ब्रान्डकै भएका छन्। 

images
images
images

नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको अटो शोमा आयोजकले क्याटागोरीअनुसार उत्कृष्ट स्टल छनोट गर्दै आएको छ। हरेक वर्ष हुने अटो शोमा अलग्गै कमिटी छनोट बनाएर बेस्ट स्टल छनोट गर्दै आएको छ। 

नाडाले बेस्ट स्टल छान्दा दिइएको स्पेस, बनोट, क्रिएटिभिटी, ध्वनी, स्टलमा अवलोकनकर्ताहरुको सहजतालगायतलाई आधार बनाउने गरेको छ।

यो वर्ष प्यासेन्जर कार, लाइट कमर्सियल सवारी र दुईपांग्रे तीनवटै विद्युतीय सवारी ब्रान्ड र तीनवटै कम्पनी पहिलोपटक नाडा अटो शोमा सहभागी हुने कम्पनीको संयोग मिलेको छ। 

images

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १३ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी थिए। 

riddara  (5).jpg

प्यासेन्जर कारतर्फ उत्कृष्ट रिडारा 

नाडा अटो शो २०२४ मा प्यासेन्जर कारतर्फ यो वर्षको बेस्ट स्टल रिडारा ब्रान्डले पाएको छ। चीनको सवारी उत्पादक समूह जीली अन्तर्गको ब्रान्ड रिडाराको विद्युतीय पिकअप उत्पादन गर्दै आएको छ। रिडारा ब्रान्ड चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले आधिकाकिर बिक्रेताको रुपमा नेपाली बजारमा भित्र्याएको हो। 

सीजी मोटर्सले रिडारा ब्रान्ड औपचारिकरुपमा नाडा अटो शो २०२४ मै सार्वजनिक गरेको हो। नाडाबाटै कम्पनीले रिडाराको विद्युतीय पिकअपको बुकिङसमेत लिन सुरु गरेको छ। 

रिडाराको स्टलमा केही थिमेटिक काम पनि गरिएको छ। सोही कारण पनि यो स्टल बेस्ट स्टल बन्न सफल भएको हो। यो पिकअप अफ रोड र सहरी बाटो दुवैका लागि उपयोगी छ। स्टलमा सीजी मोटर्सले यी दुवै कुराको थिमलाई सम्बोधन हुने गरी काम गरेको थियो। स्टललाई दुई भागमा बाँडेर अफ रोड र सहरी यात्रा दर्शाउने गरी डिजाइन गरिएको थियो। स्टलमा झट्ट हेर्दा क्याम्पिङ र कर्पोरेट दुवैलाई झल्काउने खालको देखिन्छ। 

रिडाराको आरडी सिक्स पिकअपमा ६३ किलोवाट आवरको ब्याट्री प्याक छ। टू ह्वील ड्राइभ अप्सनमा रेयर एक्सेलमा २ सय किलोवाट पिक पावरको मोटर छ। एनइडीसीले यो पिकअपले एकपटकको फुल चार्जमा ३ सय ७७ किलोमिटर रेन्ज दिने बताएको छ। रेडारा पिकअपको पेलोड क्यापासिटी १ हजार केजी र टोइङ क्षमता २५ सय किलोसम्म रहेको छ। 

sokon (2).jpg

लाइट कमर्सियलतर्फ उत्कृष्ट सोकोन

नाडा अटो शो २०२४ मा १३ वटा ब्रान्डका लाइट कमर्सियल सवारी सहभागी थिए। यी मध्ये उत्कृष्ट ब्रान्ड सोकोन बन्न सफल भएको छ। 

नाडाको छनोट कमिटिले आयोजकको गाइडलाइनको परिपालनाअनुसार बेस्ट स्टल छनोट गर्दै आएको छ। नाडा अटो शो २०२४ मा कमर्सियलतर्फ सोकोन ब्रान्डको स्टल उत्कृष्ट भएको हो। 

चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी सोकोनको विद्युतीय भ्यान एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपाली बजारमा ल्याएको हो। गएको असारमा कम्पनीले सोकोन ब्रान्ड भित्र्याएको थियो। 

ईसी थर्टी सिक्स ११ सिटे ईभी भ्यान हो जसले ३ सय किलोमिटरको रेन्ज प्रदान गर्दछ। यसमा ६० किलोवाटको मोटर छ जसले २ सय एनएम टर्क उत्पन्न गर्न सक्षम छ भने यसको अधिकतम ग्रेडेबिलिटी ४० प्रतिशत रहेको छ। यसमा जडान गरिएको ४२ केडब्लूएच सीएटीएल ब्याट्रीले १.३ घण्टामा २० देखि ८० प्रतिशत र २.५ घण्टामा ० देखि १ सय प्रतिशतसम्म छिटो चार्ज गर्ने क्षमता राख्छ। यो ईभी भ्यानमा १ सय ८८ मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले यसलाई नेपाली सडकहरूको लागि उपयुक्त बनाउँछ। 

ather (1).jpg

दुईपांग्रेतर्फ उत्कृष्ट एथर 

यो वर्षको नाडा अटो शोमा दुईपांग्रे सवारीतर्फ एथर ब्रान्डको स्टल उत्कृष्ट स्टल घोषित भएको छ। आयोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले छनोट कमिटिमार्फत एथरलाई दुईपांग्रेतर्फ बेस्ट स्टल घोषित गरेको हो। 

एथर विद्युतीय स्कुटर उत्पादक कम्पनी हो। भारतीय सवारी उत्पादक कम्पनी एथर इनर्जीका विद्युतीय स्कुटर नेपाली बजारमा वैद्य इनर्जीले भित्र्याएको हो। 

आकर्षक डिजाइन र शोरुमै थिममा वैद्य इनर्जीले एथरको स्टल बनाएको थियो। आयोजकले दिएको गाइडलाइनअनुसार सबैकुरा मेन्टेन गरेर बनाएकाले एथरको स्टल उत्कृष्टमा पर्न सफल भएको हो।  

एथरले नाडा अटो शो २०२४ मा बनाएको स्टलमा विद्युतीय स्कुटरको प्लेटफर्म नै राखेको थियो। यो वर्ष बीवाईडीले पनि नाडामा बीवाईडीले विकास गरेको विद्युतीय कारको नयाँ प्लेटफर्म ३.० सार्वजनिक गरेको थियो। एथर र बीवाईडी दुई कम्पनीले प्लेटफर्म नै प्रदर्शनीमा राखेका थिए। एथर ब्रान्ड पहिलो पटक नाडा अटो शोमा सहभागी भएको कम्पनी पनि हो। 

गत असोजमा वैद्य अर्गनाइजेसनको सहायक कम्पनी वैद्य इनर्जीले भारतीय विद्युतीय स्कुटर कम्पनी एथर इनर्जीको नेपाल लागि आधिकारिक बिक्रेता बनोको थियो। त्यसको केही महिनामै कम्पनीले एथरका विद्युतीय स्कुटर बिक्री सुरु गरेको थियो। 

एथरले आफ्नो फ्ल्यागसिप मोडल ‘४५० एक्स‘ नेपालमा पहिलो पटक सार्वजनिक गरेको थियो। एथरको सफल मोडल ४५० एक्स दुई फरक ब्याट्री अप्सनमा नेपाल आएको छ। जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री छन्। एथरका अन्य मोडलका विद्युतीय स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन्। 


प्रकाशित : आइतबार, भदौ १६ २०८११७:४८
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend