सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पर्यटन प्रवर्द्धन गर्न जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव हुँदै

images
आइतबार, भदौ १६ २०८१
images
पर्यटन प्रवर्द्धन गर्न जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव हुँदै

गुठीचौरको पर्यटन प्रवर्द्धनको उद्देश्यले यही भदौ २५ देखि ३० गतेसम्म प्याराग्लाइडिङ महोत्सव आयोजना गर्न लागिएको हो।

images
images

जुम्ला- जुम्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर उपत्यकामा प्याराग्लाइडिङ महोत्सवको आयोजना हुने भएको छ।

images
images
images

गुठीचौरको पर्यटन प्रवर्द्धनको उद्देश्यले यही भदौ २५ देखि ३० गतेसम्म प्याराग्लाइडिङ महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए।

images
images

उनका अनुसार यसअघि प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ। गुठीचौरको प्रचारप्रसार र पर्यटकीय गतिविधि बढाउनका  लागि पालिकाले महोत्सव गर्न लागेको अध्यक्ष बुढाले बताए।

images
images

महोत्सवमा खुला पुरुष भलिबल प्रतियोगिता र खुला महिला देउडा प्रतियोगिता पनि आयोजना गर्न लागिएको छ। रासस


प्रकाशित : आइतबार, भदौ १६ २०८११२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend