बिहीबार , असोज ३ गते २०८१    
images
images

नाडा अटो शो २०२४ : कारतर्फ ‘बेस्ट स्टल’ रिडाराले पायो

images
आइतबार, भदौ १६ २०८१
images
images
नाडा अटो शो २०२४ : कारतर्फ ‘बेस्ट स्टल’ रिडाराले पायो

सीजी मोटर्सले रिडारा ब्रान्ड औपचारिक रुपमा नाडा अटो शो २०२४ मै सार्वजनिक गरेको हो। नाडाबाटै कम्पनीले रिडाराको विद्युतीय पिकअपको बुकिङसमेत लिन सुरु गरेको छ।

images
images

काठमाडौं- मंगलबारबाट सुरु भएको नाडा अटो शो २०२४ आइतबारसाँझ सकिएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका आयोजनामा हुँदै आएको अटो शोमा बेस्ट स्टल समेत छनोट हुँदै आएको छ। 

images
images
images

नाडा अटो शो २०२४ मा पनि कार, कर्मसियल, दुई पांग्रे र कम्पोनेन्टतर्फ बेस्ट स्लट घोषणा गरिएको छ। प्यासेन्जर कारतर्फ यो वर्षको बेस्ट स्टल रिडारा ब्रान्डले पाएको छ। 

चीनको सवारी उत्पादक समूह जीली अन्तर्गको ब्रान्ड रिडाराको विद्युतीय पिकअप उत्पादन हुन्छ। रिडारा ब्रान्ड चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले आधिकाकिर बिक्रेताको रुपमा नेपाली बजारमा भित्र्याएको हो। 

सीजी मोटर्सले रिडारा ब्रान्ड औपचारिक रुपमा नाडा अटो शो २०२४ मै सार्वजनिक गरेको हो। नाडाबाटै कम्पनीले रिडाराको विद्युतीय पिकअपको बुकिङसमेत लिन सुरु गरेको छ। 

images

नाडाले बेस्ट स्टल छनोट गर्न एउटा कमिटि बनाएर काम गर्ने गरेको छ। उक्त कमिटिले स्टल बनाउँदा मापदण्डको पालना गरेर नगरेको, ठूलो आवाजमा बेलेको, आगन्तुकहरुलाई सहज व्यवस्थापनमा गरेको ख्याल गरेकोलगायत विषयलाई ध्यानमा राखेर बेस्ट स्टल छनोट गरिँदै आएको छ। 

riddara  (2).jpg

रिडाराको स्टलमा केही थिमेटिक काम पनि गरिएको छ। सोही कारण पनि यो स्टल बेस्ट स्टल बन्न सफल भएको हो। यो पिकअप अफ रोड र सहरी बाटो दुवैका लागि उपयोगी छ।

स्टलमा सीजी मोटर्सले यी दुवै कुराको थिमलाई सम्बोधन हुने गरि काम गरेको थियो। स्टललाई दुई मागमा बाँडेर अफ रोड र सहरी यात्रा दर्शाउने गरि डिजाइन गरिएको थियो। स्टलमा झट्ट हेर्दा क्याम्पिङ र कर्पोरेट दुवैलाई झल्काउने खालको देखिन्छ। 

riddara  (3).jpg

रिडाराको आरडी सिक्स पिकअपमा ६३ किलोवाट आवरको ब्याट्री प्याक छ। टू ह्वील ड्राइभ अप्सनमा रेयर एक्सेलमा २ सय किलोवाट पिक पावरको मोटर छ। एनइडीसीले यो पिकअपले एकपटकको फुल चार्जमा ३ सय ७७ किलोमिटर रेन्ज दिने बताएको छ। 

रेडारा पिकअपको पेलोड क्यापासिटी १ हजार केजी र टोइङ क्षमता २५ सय किलोसम्म रहेको छ। 

riddara  (4).jpg

यो पिकअपको लम्बाई ५२ सय ६० एमएम, चौडाई १९ सय एमएम र उचाई १८ सय ६५ एमएम रहेको छ। यो पिकअप ईभीमा ३१ सय २० एमएमको ह्वीलबेस रहेको छ।

रिडारा आरडी सिक्समा २ सय २५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले दाबी गरेको छ। 

riddara  (5).jpg
riddara  (6).jpg


प्रकाशित : आइतबार, भदौ १६ २०८११७:४६
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend