मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

पूर्वीनाकाबाट १४ करोड ९३ लाख रुपैयाँ बराबरको खुदो बंगलादेश निर्यात

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १६ २०८१
images
images
पूर्वीनाकाबाट १४ करोड ९३ लाख रुपैयाँ बराबरको खुदो बंगलादेश निर्यात

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बंगालको फूलबारी, बंगलादेशको उत्तरीनाका बंगलाबन्ध हुँदै बंगलादेशसँग व्यापार हुँदै आएको छ।

images
images

झापा- पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको मोलास्सेस (खुदो) बंगलादेश निर्यात भएको छ।

images
images

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बंगलादेश निर्यात भएको हो।

images
images

चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् पाँच करोड ३१ लाख ९७ हजार बराबरको खुदो बंगलादेश निर्यात भएको थियो। 

images
images
images

भारतले बंगलादेशमा खुदो  निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहाल बताउँछन्। 

भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बंगलादेश निर्यात हुने क्रम बढ्ने उनी बताउँछन्। आगामी कात्तिक/मङ्सिरदेखि उखु पेल्न सुरु भएसँगै ठूलो मात्रामा खुदो बंगलादेश निर्यात हुने व्यावसायी दाहालको भनाइ छ। 

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बंगालको फूलबारी, बंगलादेशको उत्तरीनाका बंगलाबन्ध हुँदै बंगलादेशसँग व्यापार हुँदै आएको छ। रासस


प्रकाशित : आइतबार, भदौ १६ २०८११०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend